जाडोमा रुघाखोकी र ज्वरोबाट कसरी जोगिने

जाडोको मौसममा सबैभन्दा पहिले हामी चिसोबाटै जोगिनुपर्छ।
यो बेलामा रुघाखोकी लाग्नु स्वभाविक हो। रुघाखोकी वर्षमा करिब २ देखि ४ पटकसम्म धेरैलाई लाग्छ। यसबाट जोगिन हामीले आफ्नो शरीरलाई तातो राख्नुपर्छ।
आफूलाई कतिको जाडो लागेको छ र कुन साधनमा यात्रा गरिएको छु भन्ने हो। मोटरसाइकलमा यात्रा गर्नेलाई अलि धेरै चिसो लाग्छ। हामीले तीन तहको कपडा लगाउनुपर्छ।
विशेष गरेर मोटरसाइकलमा यात्रा गर्नेले उलनको टोपी, पञ्जा, जुत्ता र बाक्लो मोजा लगाउनैपर्छ। पानी प्रसस्त पिउनुपर्छ। स्कुटर र मोटरसाइकलमा यात्रा गर्नेले आफूलाई न्यानो राख्न खेलाची गरेमा चिसोले असर गर्छ।
त्यस्तै चिसोले बालबालिका र वृद्धालाई धेरै असर गर्छ। उनीहरूलाई धेरै रुघाखोकीले सताउँछ। रुघाखोकी र ज्वरो आउनुको मुख्य कारण भाइरलको संक्रमण हो।
जाडोमा पिसाबमा समस्या देखिनेदेखि श्वासप्रश्वासमा समस्या हुने समेत हुन्छ। यो बेलामा रुघाखोकी लाग्यो भने प्यारासिटामोल खान सकिन्छ। तर १ सय २ डिग्री ज्वरो आएको छ भने चिकित्सककहाँ जानुपर्छ। सेतोपाटीबाट साभार ।