हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने

हेटौंडा । मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडामा १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव गरिने भएको छ । आउँदो माघ ११ गते देखि २३ गते सम्म महोत्सव गर्न लागिएको हो । आज उद्योग वाणिज्यसंघले पत्रकार सम्मेलन गर्दै महोत्सव गर्न लागिएको जानकारी गराएको छ ।
मेला अवधिभरमा दुइ लाख भन्दा धेरैले अवलोकलन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा विभीन्न क्षेत्रहरु कृषि, व्यापार, उद्योग, सूचना प्रविधिी पर्यटन, अटो, होटल शैक्षिक संस्था सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादनहरु र सेवाका स्टलहरु राखिने उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले जानकारी दिनुभयो ।