माधव नेपालकाे स्वास्थ्य अवस्था बुझ्न देउवा र प्रचण्ड पुगे अस्पताल

निरन्तर न्यूज
६ पुष २०७९, बुधबार १८:२१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल पुगेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न बुधबार दुवै जना एकसाथ अस्पताल पुगेका हुन् ।

दुवैजनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

सरकार गठनको प्रक्रिया सुरु भइसक्दा माधव नेपाल बिरामी परेपछि गठबन्धनका बैठकसमेत प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु