माधव नेपालको स्वास्थ्य सुध्रदै

निरन्तर न्यूज
६ पुष २०७९, बुधबार १२:०५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार आएको छ ।

उनको ज्वरो सामान्य अवस्थामा रहेको चिकित्सकले जनाएका छन् ।

अध्यक्ष नेपालको छातीमा संक्रमणका साथै रूघाखोकीको समस्या भएपछि मंगलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको हो ।

छातीरोग विशेषज्ञ डा.सन्तकुमार दास नेतृत्वको टोली उनकाे उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।

पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गरेका अध्यक्ष नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ ।

छातीको संक्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु