विश्वको १३औं प्रदूषित सहर काठमाडाैं

निरन्तर न्यूज
२ पुष २०७९, शनिबार १२:१७

काठमाडाैं । काठमाडाैं विश्वको १३औँ प्रदूषित सहर भएको छ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाडाैं प्रदूषित सहरको १३ औँ स्थानमा पुगेको हो । आज बिहान काठमाण्डौ उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० छ ।

बिहान सबैभन्दा धेरै भक्तपुरको सूर्यविनायकमा एक्यूआई १ सय ६० पुगेको छ भने भक्तपुरका तीन वटा स्टेसनको एक्यूआई १ सय ५० भन्दा माथि छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य मानिन्छ ।

त्यसभन्दा माथिको अंक लाई अस्वस्थ मानिन्छ । प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर, दोस्रोमा बङ्लादेशको ढाका, तेस्रोमा पाकिस्तानको कराँची तथा चौथो र पाँचौँमा भारतका नयाँ दिल्ली र कोलकाता छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु