हटियामा निःशुल्क आँखा शिविर हुने

निरन्तर न्यूज
१९ कार्तिक २०७९, शनिबार ०७:०५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा निःशुल्क आँखा शिविर हुने भएको छ ।

राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपाल, नेपाल नेत्र ज्योति संघको संयुक्त आयोजनामा कार्तिक १९ गते शनिवार आखाँ शिविर हुने भएको हो । नेपाल आँखा अस्पताल सिमराको प्राविधिक सहयोगमा आँखा शिविर हुन लागेको हो ।

प्रस्तावित श्री कृपालु अस्पताल हटिया १७ वडा कार्यालय नजिकै जुरेथुममा निःशुल्क आँखा शिविरको आयोजना गर्न लागिएको हो । शिविरमा नेत्र विशेषज्ञ चिकित्सकहरुद्वारा जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरिने छ ।

शनिवार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म आँखा शिविर संचालन हुने निरोज निरौंलाले जानकारी दिए । स्वास्थ्य शिविरमा सहभागि भएर लाभ लिन स्थानीयवासीलाई उनले आग्रह समेत गरेका छन् । प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु