दसैँ बिदामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगु परीक्षण नगर्ने

निरन्तर न्यूज
१५ आश्विन २०७९, शनिबार ०८:४६

काठमाडौं । डेंगुको प्रकोप बढिरहेको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने दसैँका बेला परीक्षण बन्द गर्ने भएको छ । काठमाडौं उपत्यकामा डेंगुका संक्रमित ह्वात्तै बढेपनि प्रयोगशालाले प्राथमकिता नदिएको हो ।

आइतबारदेखि असोज २२ गतेसम्म ल्याब बन्द हुने निमित्त निर्देशक लिली श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । तर कोरोना परीक्षण भने नियमित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु