डेंगुले एकैदिन ४ जनाको मृत्यु,२७ हजार भन्दा धेरै संक्रमित

निरन्तर न्यूज
१३ आश्विन २०७९, बिहीबार ०७:१०

काठमाडौं । नेपालमा डेंगु संक्रमणकारण एकै दिन ४ जनाको मृत्यु भएको छ । मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ ।

मुस्ताङबाहेक सबै जिल्लामा डेंगु देखिएको छ । डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ ।

प्राय दिउँसोमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।
लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनुहुँदैन ।दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भए दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु