भिमफेदी दुर्घटना अपडेट: ५ को शनाखत

हेटौंडा । हेटौंडा हदै काठमाडौं जोड्ने भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ जुरीखेतमा बिहीबार भएको यात्रु बाहक बस दुर्घटना मृत्यु भएका ७ मध्ये ५ जनाको शनाखत भएको छ।
बस दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भएका ३३ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ बर्षीय अब्दुल्लाहा मिया ठकुराई, बारा जितपुरका २५ बर्षिय शेख अरमान, मकवानपुर गढी-२ का ४३ वर्षीय मदन बिक र विरगंज ३१ पर्साका ४२ वर्षीय हृदय नारायण पंजियार रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जनाएका छन्।
बिहीबार दिउँसो काठमाडौंबाट हेटौँडा आउदै गरेको ना ३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको दुर्घटनाग्रस्त हुदा ६ जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा ज्यान गएको हो। दुर्घटनामा २५ जना घाइते भएको र केहीलाई थप उपचारको लागी भरतपुर र केही हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।उक्त बस दुर्घटनाग्रस्त हुदा काठमाडौं जाँदै गरेको मधेस प्रदेश-०३-००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको थियो।
घटनाको जानकारी पाए लगत्तै वागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा घाइतेहरूको अवस्था बुझ्न हेटौंडा अस्पताल पुगेका थिए। उनले उपचारमा कुनै कमी हुन नदिन हेटौंडा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई निर्देशन दिएका थिए। प्रषष्टखबरबाट