प्रचण्ड र राजेश हमालबीच भेटबार्ता
निरन्तर न्यूज
१७ असार २०७९, शुक्रबार ११:३१

काठमाडौं। अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
आज शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा करिब आधा घण्टा भेट भएको हो।
भेटको अवसर नेकपा माओावदीको भातृसंगठन जनसांस्कृतिक संघका संयोजक समेत रहेका सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन्।
भेटमा समसामयिक देशको राजनीतिक र फिल्म उद्योगको विषयमा छलफल भएको चेतन सापकोटाले बताए।