मकवानपुरका चलचित्र पत्रकार श्रीराम अर्जुन पुरस्कृत

निरन्तर न्यूज
५ असार २०७९, आईतवार २२:०५

हेटौंडा । हेटौंडाका पत्रकार श्रीराम अर्जुन मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत भएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत प्रदान गरिएको हो ।

शनिबार नेपाल सरकारका प्रवक्ता एंव सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त पुरस्कार प्रदान गरेका थिए । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा श्रीराम अर्जुन सँगै वरिष्ठ चलचित्र पत्रकारहरुको पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु