चलचित्र पत्रकारिता दिवसको अवसरमा गरियाे सम्मान

हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसको अवसरमा ७ जनालाई हेटौंडामा नगद सहित सम्मान गरेको छ ।
चलचित्र पत्रकारिता स्थापना दिवसको अवसर आइतबार नगद राशि सहित ७ जनालाई सम्मान गरेको हो।चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल,चलचित्र कलाकर्मी सम्मान २०७७ बाट प्रेम भोम्जन र राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७७ बाट चपसका केन्द्रीय पुर्व अध्यक्ष बिदुर गिरीलाई सम्मान गरिएको हो। दाहाललाई क्रमश नगद ५ हजार र गिरीलाई १० हजार नगद सहित सम्मान गरिएको हो।चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नयाँ पत्रिका दैनिकका ब्युरो प्रमुख दीपक अधिकारी, चलचित्र कलाकर्मी सम्मान २०७८ बाट राज कटुवाल र राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७९ बाट चपस केन्द्रीय उपाध्यक्ष दिपज्योति थापालाई सम्मान गरिएको छ भने चलचित्र कलाकर्मी सम्मान-२०७९ बाट लेखक,निर्देशक शिवम अधिकारीलाई सम्मान गरिएको हो। अधिकारी र थापालाई नगद ५ हजार सहित सम्मान गरिएको हो।
त्यसैगरी चलचित्र पत्रकार संघ मकवानपुरले आफ्नो स्थापना दिवसमा पत्रकार संघ मकवानपुर अध्यक्ष तथा संघका पुर्व अध्यक्ष मणिराज गौतमलाई पनि कदरपत्रले सम्मान गरेको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरका कार्यबहाक अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
सम्मानित हुने सबैलाई वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ,चलचित्र पत्रकार संघ केन्द्रीय पुर्व अध्यक्ष विदुर गिरी,चलचित्र निर्माता संघका सदस्य सुशान्त श्रेष्ठ लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए।