हेटाैडा नगरमा माओवादीकाे पहिलाे जित निकाल्दै रिजाल
हेटाैँडा । स्थानीय तह सदस्य निर्वाचन -२०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णु गोपाल महर्जन वडाध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले खुल्ला सदस्यमा बिजय हासिल गरेकाे छ ।
यस अघि २०७४ सालकाे निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका इन्द्र प्रसाद रिजालले यस पटक गठबन्धनबाट खुल्ला सदस्यकाे उम्मेदवार बनेर बिजय हासील गरे । वडा अध्यक्षमा पराजित भएता पनि आफ्नाे हारलाई अनुभव र सिकाइकाे रुपमा लिएर जनतामाझ निरन्तर भिजिरहेका रिजाल हेटाैँडा उपमहानगर मै माओवादीकाे बिजयकाे खाता खाेल्ने जनप्रतिनिधि बने ।
निर्वाचित भएपछि वडा सदस्य रिजालले आफुले जनताकाे हरेक समस्यामा सहभागि हुने र सकने कुरा समाधान गरिदिने बताए । यदि आफ्नाे तहबाट नसकिने भएमा त्यस्ता कार्यकाे समाधानकाे लागि समेत सहकार्य गर्ने रिजालले बताए ।
वडामा राजनीतिबाहेक बिभिन्न संस्थामा आवद्ध रहेका रिजाल गठबन्धनलाई मत दिने र नदिने सबै जनताकाे साझा प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता गर्दछन् ।
रिजालसँगै खुला वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला (१२२६), नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल (११७३), महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना (१३६२) र दलित महिलातर्फ नेपाली कांग्रेसबाट मैया परियार (१२५५) निर्वाचित भएका हुन् ।