पिर’ बाट विवादित दृश्य हटाएर रीअपलोड गरियो

निरन्तर न्यूज
५ चैत्र २०७८, शनिबार १९:३३

काठमाडौँ । विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् ।

पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो । त्यसैले कुनै दबाबर प्रभाव ले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि-अपलोड गरिएको छ ।

उनले लेखका छन् : सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा #गल्बन्दी , १५ दिनमा #कुरा बुझ्नपर्छ र ७ दिनमा #पिर करोड पटक हेरिएको छ । हाम्रो प्रयास को इतिहास र तपाईंको प्रेम को इतिहास निरन्तर दोहोरिएको छ ।        https://youtu.be/pDNV4OnYzp8

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु