काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने राजेश हमालकाे इच्छा

काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन्।
उनले आफ्नो युट्युब च्यानलमा एक भिडियो राख्दै यस्तो इच्छा व्यक्त गरेका हुन्। शहरलाई सुन्दर बनाउनमा कसैको ध्यान नगएको उनको टिप्पणी छ।
भिडियोमा उनले भनेका छन्– काठमाडौं महानरपालिकाको मेयर बन्नु पर्छ कि क्या हो!
हमालले आजदेखि आफ्नो युट्युब च्यानल सुरु गरेका छन्।