रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । होटल, रेस्टुरेन्ट, डान्स–दोहोरी–क्लब, लाउन्ज बारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
नेपालमा स्थान अनुसार कतै प्रहरीले रेस्टुरेन्टहरुलाई राति ९ बजे नै बन्द गराउँदै आएको थियो भने कतै स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा समय सीमा तोकिएको थियो ।
गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।
कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय भएको हो ।