रञ्जु दर्शाले गरिन किशोरर्सँग इंगेजमेन्ट

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले इंगेजमेन्ट गरेकी छन्। उनले छिमेकी किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको उल्लेख गरेकी छन्।
‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फुलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं।
तपाईँहरुको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु