आज प्रेम दिवस अर्थात् `भ्यालेन्टाईन डे´

काठमाडौं । आज १४ फेब्रूअरी अर्थात् भ्यालेन्टाइन डे (प्रेम दिवस ) । एक हप्तादेखि मनाइने यो दिवसको आज मुख्य र अन्तिम दिन पनि हो । प्रेमिल जोडिहरूका लागि आजको दिन निकै खास हुने गर्दछ भने आफूलाई मन परेको मान्छेलाई विशेष तरिकाले प्रेम प्रस्ताव राख्नका लागि पनि कतिपयले आजको दिन रोज्ने गर्दछन् ।
तर,कसैलाई प्रेम प्रस्ताव राख्नु अघि भने तपाईंलाई केही तयारीको आवश्यक हुन्छ, जसको कारण तपाईंले चाहेको मान्छेले तपाईंको प्रेम प्रस्तावलाई सजिलै स्वीकार गर्न सकोस् । यदि तपाईं आजको दिन पहिलो पटक डेट जाँदै हुनुहुन्छ भने केही कुरामा विशेष ध्यान दिनु जरूरी हुन्छ, जुन यहाँ हामीले चर्चा गर्दैछौँ ।
पहिलो इम्प्रेशन राम्रो बनाउने प्रयास गर्नुहोस्
भनिन्छ ‘फस्ट इम्प्रेशन इज लाष्ट इम्प्रेशन ।’ तपाईंप्रति कसैको मनमा बसेको पहिलो छाप नै सही हुने गर्दछ । त्यसैले पहिलो पटक डेटमा जानुअघि आफ्नो कपडामा ध्यान दिनोस्, जसमा तपाईं आकर्षक र आत्मविश्वासी देखियोस् । साथै आफ्नो व्यवहारमा पनि ध्यान दिनु आवश्यक हुन्छ ।
आत्म विश्वास
तपाईं आज डेटमा गएर मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ भने हतारमा हुनै काम नगर्नुहोस् । आत्मविश्वासकासाथ पार्टनरसँग समय बिताउनोस्, उसका लागि सहज वातावरणको सिर्जना गरिदिनुहोस् । उत्साहमा पार्टनरलाई असहज महशुस हुने कुनै पनि कार्य नगर्नुहोस् ।
स्थानको चयन
डेटिङ जानका लागि रोमान्टिक स्थानको चयन गर्नुहोस् । पहिलो डेटमा पार्टनरलाई कुनै सुनसान ठाउँमा नलानुहोस् । रूफ टप रेष्टुरेन्ट, क्याफे, रमाइलो ठाउँ डेटका लागि चयन गर्नुहोस् जहाँको सजावट रोमान्टिक होस् ।
पार्टनरलाई विशेष अनुभव गराउनुहोस्
पहिलो पटक तपाईंसँग डेटमा जाने पार्टनरलाई विशेष फिल गराउनुहोस् । जस्तो उनको लागि फूल अथवा हुनै उपहार लिएर जानुहोस् । यदि लन्च वा डिनरमा हुनुहुन्छ भने पार्टनरलाई मनपर्ने खाना अर्डर गर्नुहोस् । सकारात्मक लाग्ने किसिमले उनको तारिफ गर्नुहोस् ।
व्यवहार र कुरामा ध्यान दिनुहोस्
तपाईं डेटिङमा हुँदा पार्टनलाई रूचि भएको विषयमा कुरा गर्नुहोस् । उनको चाहना अनुसारको कुरा गर्नुहोस् ।