शाकाहारीले प्रोटिन जुटाउन कस्ता खानेकुरा खाने
काठमाडौ । प्रोटिन यस्तो पोषण तत्व हो, जुन हरेक मानव शरीरलाई चाहिन्छ । सही मात्रामा प्रोटिनले तौल घटाउन र मांसपेशीहरु निमार्ण गर्न मद्दत गर्छ । प्रत्येक व्यक्तिले आफ्नो तौलका आधारमा प्रोटिन खानुपर्छ ।
अण्डा, माछा,मासुमा पर्याप्त प्रोटिन हुने भएकाले मांशाहारीले त्यसबाट प्राप्त गर्न सक्छ । शाकाहारीले चाहिने प्रोटिन जुटाउन धेरै कुरा खानु पर्ने हुन्छ । शाकाहारीले शरीरलाई आवश्यक प्रोटिन कसरी पाउन सक्छन ? के के खाने ? घरमा सहजै उपलव्ध हुनसक्ने प्राेटिनयुक्त शाकाहारी केही खाद्यान्न यी हुन्…
भटमास : भटमास प्रोटिनको राम्रो स्रोत हो । यसमा प्रोटिन प्रचुरमात्रामा हुन्छ । शाकाहारीले आफ्नो भोजनामा भटमासलाई सामेल गरे शरीरमा प्रोटिनको कमी हुन पाउँदैन् ।
पनीर : पनीर दूधबाट बन्छ । विभिन्न परिकार बनाएर खान मिल्ने पनीर साकाहारीका लागि पोषणयुक्त उत्तम आहार मानिन्छ । पनीरमा पर्याप्त प्रोटिन हुन्छ । पनीरका परिकार स्वादिलो पनि हुन्छ ।
बदाम : बदाममा स्वास्थ बोसो र प्रोटिन उच्च मात्रामा पाइन्छ । १०० ग्राम बदाममा २५ ग्राम प्रोटिन पाइन्छ । बदामलाई बेलुका भिजाएर बिहान खाँदा अझ बढी लाभदायक हुन्छ । तर, बजारमा पाइने प्याकेट गरिएको बदाम नखानुहोस्, किनकी त्यसलाई लामो समयसम्म ताजा राख्नको लागि प्रिजर्भेटिभहरु हालिएको हुन्छ । जुन स्वास्थ्यका लागि राम्रो हुँदैन् ।
दाल : दाल प्रोटिनको धेरै राम्रो स्रोत हो । दालमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ ।
चना : चनामा प्रोटिन भरपूर हुन्छ । चनालाई तरकारी वा दालको रुपमा खान सकिन्छ । चनाको सातु पनि बनाएर खाजाको रुपमा खाने चलन छ । तर चनामा क्यालोरी पनि हुने भएकाले तौल बढ्न नदिन ठिक्क खानु उचित हुन्छ ।
हरियो केराउ : जाडो मौसममा पाइने हरियो हरियो केराउ पनि प्रोटिनको राम्रो स्रोत हो । १०० ग्राम मटरमा ५.४ ग्राम प्रोटिन हुन्छ । स्वादसँगै यो प्रौष्टिकतामा पनि निकै राम्रो हुन्छ ।