पानी तताएर बाफ लिनुको फाईदा

निरन्तर न्यूज
५ माघ २०७८, बुधबार ०७:४७

कोरोना भाइरसको संक्रमण बढेसँगै रुघाखोकी लााग्नबाट जोगिन पानी तताएर वाफ लिने चलन बढ्दै गएको छ ।
पानीको वाफ लिँदा रुघाखोकीबाट त राहत हुन्छ नै अनुहारलाई पनि सुन्दर बनाउन सहयोग पुग्छ ।

सामान्यतया रुघाखोकी निको पार्ने उदेश्यले पानीको वाफ लिने गरिन्छ । तर यसबाट अनुहार सुन्दर हुन्छ भन्ने खासै वास्ता हुँदैन । तातो वाफमा केहीबेर बस्नुपर्दा गाह्रो भए पनि रुघाखोकीबाट बच्न र छालाको सौन्दर्य बढाउन यो निकै लाभदायक उपाय हो ।

वाफ लिने चलन निकै प्राचिन हो । तर यो केही गाह्रो भएकाले वाध्यता नपरेसम्म प्राय उपयोग हुँदैन । पछिल्लो समय सौन्दर्य चेत बढेसँगै यसको चलन फेरि दोहोरिएको छ । कोरोनाले गर्दा अहिले घर-घरमा यसको चलन बढ्न थालेको छ ।

साउना वाथ र स्टिम पनि यसकै ठूलो रुप हो । तर त्यो खर्चिलो छ । वाफ लिनुको सबैभन्दा सकारात्मक पक्ष भनेको घरमा सहजै यो सुविधा लिन सकिन्छ । कम खर्च र प्राकृतिक पद्दती भएकाले यो सौन्दर्य बढाउने भरपर्दाे उपाय मानिन्छ ।

अनुहारको छाला सफा बनाउँछ 
वाफ लिँदा छालाको भित्रसम्म सफा हुन्छ । छालाभित्र जमेका फोहोरलाई यसले निकाल्छ । यस्ता फोहोरले छालाको छिद्र बन्द गरेर चमकलाई घटाउने काम गरेको हुन्छ । वाफ लिँदा छालाका छिद्र खुल्ने भएकाले फोहोर जम्मा भएर बस्न पाउँदैन् । फोहोर निस्केपछि छालाको चमक बढ्छ ।

रक्तसंचार ठिक राख्छ 
वाफ लिँदा पसिना आउँछ र त्यसले गर्दा रक्तसंचार पनि ठिक हुन्छ । वाफको तातोले खुम्चिएका रक्त नलीहरु फुक्छन् । रक्त संचार सहज भएपछि त्यसले छालालाई पोषण दिन्छ । छालाले अक्सिजनको मात्रा पर्याप्त पाउँछ । त्यसले गर्दा अनुहारमा प्राकृतिक चमक बढ्छ । जुन कुनै सौन्दर्य प्रसाधनले बढाउन सक्दैन ।

किटाणुबाट बचाउँछ 
वाफ लिँदा अनुहारमा दाग, धब्बा, डण्डिफोरहरु पैदा गर्ने किटाणुबाट मुक्ति पनि पाइन्छ । छालाका छिद्रहरु खुलेर मृत कोष, फोहोर र व्याक्टेरिया निस्कासन हुने हुँदा अनावश्यक दाग, फोहोर, डण्डिफोरजस्ता समस्याबाट बच्न मद्दत पुग्छ ।

टाउको दुख्ने कम हुन्छ 
वाफ लिने गर्दा सर्दिका कारण हुने गरेको टाउको दुखाई पनि कम हुँदै जान्छ । चिसोबाट जोगिनुका साथै टाउको दुख्ने समस्याबाट पनि वाफ लिँदा आराम पाइन्छ ।

वाफ लिँदा अपनाउनु पर्ने सावधानी

वाफ लिँदा आँखा बन्द गर्नुपर्छ ।

वाफ लिने भाँडाभन्दा केही दूरी कामय राख्नु पर्छ ।

वाफ लिइसकेपछि के गर्ने ? 
वाफ लिइसकेपछि पसिनालाई त्यसै छाड्नु हुन्न । छाला नरम हुने भएकाले रुपमालले रगडेर पुस्न पनि हुँदैन । त्यसैले वाफ लिने वित्तिकै मनतातो पानीले मुख धुनुपर्छ ।

वाफ लिएपछि छालाका छिद्रहरु खुल्ने भएकाले हल्का मसाज गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु