घाममा बस्नुको फाईदा कस्ता छन !

जाडो मौसममा घाम ताप्दा धेरै फाइदा हुन्छ । स्वास्थयका लागि जाडोमा खानपानले जति भूमिका खेल्छ, घामको किरण पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
भिटामिन–डी शरीरका लागि निकै आवश्यक पर्छ । शरीरमा भिटामिन डीको मात्रा कम भएमा धेरै रोग लाग्न सक्छ । जाडो मौसममा घाममा बस्दा धेरै फाइदा हुन्छ । जाडोमा घाममा बस्दा बाहिरि छालासँगै भित्री भागमा असर पर्छ । जाडोमा चिसो न्यानो लुगा लगाउनुहुन्छ । जसका कारण शरीरले पर्याप्त घाम पाउँदैन र रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । जसका कारण जाडोमा रोगको जोखिम बढ्छ । केही समय घाममा बस्दा धेरै फाइदा हुने गर्दछ ।
हड्डी बलियोः भिटामिन डी हड्डीको लागि आवश्यक छ । सूर्यको किरण भिटामिन डीको राम्रो स्रोत हो । यसले शरीरलाई क्याल्सियम पनि उपलब्ध गराउँछ । घाममा नुहाउँदा शरीरलाई करिब ९० प्रतिशत भिटामिन डी प्राप्त हुन्छ । यसले मांसपेशी र हड्डी बलियो बनाउँछ । चिसोले गर्दा हुने दुखाइमा पनि यसले आराम दिन्छ ।
राम्रो निन्द्राका लागि : घाममा बस्दा राम्रो निन्द्राका लागि फाइदाजनक हुन्छ । सूर्यको किरणले हाम्रो मस्तिष्कमा रहेको मेलाटोनिन हर्मोनलाई बढाउँछ । यो हर्मोनले निदाउन मद्दत गर्छ । राति राम्रोसँग निन्द्रा लाग्दैन भने जाडो मौसमको घाममा हरेक दिन केही बेर बस्नुहोस् । यसले निद्रामा सुधार गर्छ ।
डिप्रेशनबाट बच्न : घाममा बस्नु मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । सूर्यको किरणले सेरोटोनिक नामक हर्मोनको स्राव बढाउँछ । यसले मूड सुधार गर्छ र हामीलाई उर्जावान महसुस गराउँछ । घाम डिप्रेसन र मनोवैज्ञानिक भावनात्मक स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । यदि तपाईलाई डिप्रेसन वा चिन्ताको समस्या छ भने चिसो मौसममा घामकको किरण अवश्य लिनुहोला ।
यी रोगहरुबाट बच्न सूर्यको किरणले प्रतिरक्षामा सुधार गर्दछ । यसले तपाईलाई रोगहरुबाट बचाउँछ । केही समय घाममा बस्दा रुघाखोकी, मोटोपना, एक्जिमा, सोरायसिस, जन्डिस, उच्च रक्तचाप, फंगल इन्फेक्सन र ब्याक्टेरियाको संक्रमण जस्ता समस्यामा फाइदा हुन्छ ।
घाममा बस्ने सही तरिका : हप्तामा कम्तीमा ३ देखि ४ पटक बिहान वा बेलुकी घाममा बस्नुपर्छ । करिब २० देखि ३० मिनेटसम्म मनतातो घाममा बस्नु तपाईका लागि फाइदाजनक हुनेछ । तर यो समय भन्दा बढीे समय घाममा बस्दा टेनिङको समस्या हुन सक्छ ।