डण्डीफोरको दागको उपचार कसरी गर्ने ?

हामीलाई डण्डीफोरले जति सताइरहेको हुन्छ, त्यति नै यो निको भएपछि बस्ने दागले सताएको हुन्छ । डण्डीफोर निको भएपनि यसको दागले पनि अनुहार तथा छालालाई नराम्रो देखाइरहेको हुन्छ । यसको उपचार कसरी गर्ने भन्ने बारेमा आज हामीले चर्चा गर्दछौँ ।
डण्डीफोरको कारण सामारन्यतय दुई थरीको दाग बस्ने गर्दछ । एउटा खाल्डो पर्ने खालको दाग र अर्को भनेको छालाको रङ्ग परिवर्तन हुने खालको दाग । जसमा कालो खैरो रङ्गको वा रातो खालको दाग बस्ने गर्दछ ।
कालो खैरो रङ्गको वा रातो खालको दागः कालो खैरो दाग कालो खालकै छालाहरुमा बढी देखिने गर्दछ भने रातो खालको दाग गोरो छाला भएकाहरुमा देखिने गर्दछ । कतिपयमा यी दुवै खालको दाग पनि देखिन गर्दछ ।
हाम्रो छालाको जुन रङ्ग हुन्छ त्यो रङ्ग दिने तत्वलाई मेलानिल भनिन्छ । मेलानिल बनाउने कोषलाई हामी मेलानो साइस्ट भन्छौँ, जुन छालामा रहेको हुन्छ । कहिले काही छालामा जलन भयो भने मेलानिल बढी उत्पादन हुन्छ र त्यो ठाउँमा कालो खैरो रङ्गको दाग देखिन्छ ।
डण्डीफोरले पनि छालामा जलन गराउने हुँदा त्यो ठाउँमा कालो वा खैरो रङ्गको दाग छोड्ने गर्दछ । सामान्यतय यसरी बसेको दाग ६ महिना देखि एक वर्ष सम्म बस्ने गर्दछ ।
अनुहारको छालामा टुथपेष्ट लगाउने, कागती लगाउने कहिल्यै पनि गर्नुहुँदैन ।
दाग बस्न नदिन वा बसेको दागलाई पनि हटाउने एक उपाय भनेको सनस्क्रिन हो । कालो दाग बस्ने प्रमुख कारण भनेको मेलानिल बढी उत्पादन हुनु हो । घाममा छाला धेरै समय देखियो भने मेलानिलको उत्पादन बढ्दछ । त्यसैले घामबाट बच्न सनस्क्रिनको नियमित प्रयोग गर्नु पर्दछ र बाहिर निस्किँदा ह्याट वा क्याप लगाउनु पर्दछ ।
हामी सनस्क्रिम रोज्दा पनि डाक्टरको सल्लाहमा डण्डीफोरलाई हुने खालको सनस्क्रिन रोज्यो भने त्यस्तै समस्या आउँदैन ।
डण्डीफोरको कालो, खैरो दाग हटाउन भिटामिन सी सहयोगी मानिन्छ । यसले मेलानिल उत्पादन हुने प्रक्रियालाई रोक्दछ । भिटामिन सीमा एन्टिअक्सिडेन्ट पनि पाइने हुँदा यसले घामको असबाट पनि बचाउँदछ ।
त्यस्तै अर्को उपचार भनेको हाइड्रोकुइनोन भएका औषधिको प्रयोग । यो औषधि कालो दाग बस्ने अन्य रोगहरु जस्तै चाँया पोतोमा पनि प्रयोग गरिन्छ । धेरै अनुसन्धानहरुले दाग हटाउने प्रभावकारी औषधिको रुपमा देखाएका छन् ।
यी औषधिहरुको प्रयोग गर्दा छाला रोग विशेषज्ञको सल्लाहमा मात्र गर्नुपर्दछ । किनभने यी औषधिहरुले सुरु-सुरुमा छालामा इरिटेशन गराउने गर्दछ ।
त्यस्तै हामीले नायोसिनामाएड भएका क्रिमहरुको पनि प्रयोग गर्न सक्दछौँ । यसको प्रमुख फाइदा भनेको भिटामिन ए, भिटामिन सी र हाइड्रकुइनोन जस्तो छालालाई इरिटेशन गर्ने सम्भावना कम हुन्छ ।
कालो खालको दाग जस्तै रातो दाग बस्न नदिन पनि डण्डीफोरको समयमै उचित उपचार हुनपर्दछ । यस्तो खालको दागहरुमो पनि भिटामिस सी सेरमहरुले राम्रो असर गर्दछ ।
त्यस्तै नायोसिनामाएड क्रिमहरु पनि यस्तो खालको दागलाई राम्रो मानिन्छ । यसले इन्फ्लामेसनलाई कम गरेर रातो दाग बस्ने सम्भावना कम हुन्छ ।