७२ हजार रुपैयाँ घूस लिएको आरोपमा सबइन्जिनीयर पक्राउ

निरन्तर न्यूज
२२ श्रावण २०७८, शुक्रबार २१:४३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार रुपैयाँ घूस लिएको आरोपमा बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनीयर विनोदकुमार पौडेललाई पक्राउ गरेको छ ।

सबइन्जिनीयर पौडेलले सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घूस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट उनलाई आज पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु