सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीत महिला भर्सनमा

निरन्तर न्यूज
८ असार २०७८, मंगलवार १८:१२

काठमाण्डाैँ । नेपालका चर्चित गायक सुनिल गिरीले ९ वर्ष अगाडि सार्वजनिक गरेको ‘को होला त्यो मसँग आँखा जुधाउने’ बोलको गीत महिला भर्सनमा सार्वजनिक भएको छ।

नेपाल आइडलबाट चर्चा कमाएकी गायिका अस्मिता अधिकारीले महिला भर्सनमा यस गीत गाएकी हुन्। मंगलबार सार्वजनिक भएको यस गीत गायक सुनिल गिरीको युट्युबमा सार्वजनिक भएको हो।

सुनिल गिरीको पहिलो औपचारिक यस गीतमा पहिले पल शाह र प्रकृति श्रेष्ठको अभिनय रहेको थियो।

९ वर्षपछि फेरि पल र प्रकृतिको मुनर्मिलन भएको छ। पछिल्लो समय प्रकृति श्रेष्ठ आफ्ना श्रीमानसँग अस्ट्रेलिया बस्दै आएकी छिन्।

पल भने नेपालका नम्बर एक मोडल तथा कलाकार हुन्। यद्यपी यस गीतमा पल र प्रकृतिलाई नै छनौट गरिएको हो।

यो गीतका गायक, गीतकार सुनिल गिरी स्वयं हुन्। सुनिल गिरीले उदाउँदा गायिका अस्मितालाई आफ्नो चर्चित गीत गाउन लगाउँदा समेत दर्शकले निकै रुचाएका छन्।

सुनिल गिरीलाई पछिल्लो समय नेपाली दर्शक श्रोताले सदाबहार गायकको उपमा दिएका छन्। उनका प्रायः सबै गीत चर्चित छ।

सुनिलका बहुचर्चित गीतमा को होला त्यो, माया रोगै पिरती, झरी परेको रात, को होला २, तिमी आउँछौं कि भनी, दशैँ आयो, सोल्टिनी भनी बोलाको लगायत पर्दछन्।

महिला भर्सनकाे गीत

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु