नारायणी नदिको सतह बिन्दु हालसम्मकै उच्च

निरन्तर न्यूज
२ असार २०७८, बुधबार १२:३२

चितवन । केही दिनदेखि लगातार परिरहेको पानीले नारायणी नदीको बहाब दैनिक रुपमा बढ्दै गएको छ ।

यसै अनुरुप नदीको सतह गए राति हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । नारायणीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको थियो ।

नारायणी नदीको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड पुगेपछि खतराको तह पार गरेको मानिन्छ ।

गएराति नारायणीको तह उच्च विन्दुमा पुगे पनि बिहान नारायणीको सतह केही घटेको थियो । राती पानी कम परेकाले पानीको बहाब घट्दै गएको हो । आज बिहान नारायणीको सतह केही घटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु