एनआरएनए अमेरिकाकाे निर्वाचनमा अध्यक्षका प्रत्यासी अर्जुन बन्जाडेकाे अपील
अमेरिका । विविध कारणले नेपाल बाहिर विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको साझा छाता संस्था ‘गैर आवसीय नेपाली संघ’, अमेरिका यतिबेला नयाँ नेतृत्व चयनका लागि निर्वाचनको अन्तिम तयारीमा पुगेको छ । यस अधिवेशनले आगामी दुई वर्षे कार्यकाल(२०२१-२०२३) का लागि नेतृत्व चयन गर्ने भएकाले कोरोनाकै कहरका बिचमा पनि चुनावी माहोल निकै गरमागरम रह्यो। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद , अमेरिकाको नेतृत्व लिन अध्यक्ष पदका लागि बुद्धि सागर सुवेदी, डा.अर्जुन बन्जाडे, कृष्ण लामिछाने र तिलक केसी चार जना चुनावी मैदानमा आम्नेसाम्ने भइरहेका छन्। प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व चयन गरिने भएकाले आफ्नो आमुल्य मत आफ्नो रोजाईमा परेको ब्यक्तित्वलाई दिएर र दिलाएर नेतृत्व चयनको छिनोफानो गर्न मतदाता पनि आतुर देखिन्छन् । उमेदवारहरुले पनि आफ्ना बिगतका काम , भूमिका र भावी योजनाहरु प्रस्तुत गरेर मतदाताको मन जिति संस्थाको बागडोर हात पार्ने अभियानमा कुनै कसर बाँकी राखेका छैनन् । यसै बिच , अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडेले मतदातालाई गर्नु भएको अपिल यस प्रकार रहेको छ :
नमस्ते । म अर्जुन बन्जाडे ।
एनआरएनए युएसएको वर्तमान बरिष्ठ उपाध्यक्ष । त्यो भन्दा अगाडि संस्थाको बोर्ड अफ डाइरेक्टर ।र, त्यो भन्दा पनि अगाडि संस्थामा एजुकेशन सेक्टर टास्क फोर्सको चियरको रुपमा मैले काम गरिसकेको छु ।र, आगामी कार्यकाल २१-२३ को निम्ति अध्यक्षको प्रत्यासी छु । म एक अर्ग्यानिक क्यान्डिडेट हो । मैले यो संस्थालाई एक स्टेप माथि लान सकिन्छ भनि विभिन्न एजेन्डाहरु जस्तै नागरिकताको निरन्तरता र नेपाली ग्रिन कार्ड र यहाँ अमेरिकामा ग्रुप इन्सुरेन्सका कुराहरु , नेपाली भ्याको कन्सेप्टदेखि लिएर महिला र युवाहरुको बिस्तार गर्नको निम्ति विभिन्न कार्य योजनाहरु सहित म तपाईहरु समक्ष विभिन्न राज्यहरुमा गइरहेको छु । कति साथीलाई भेट्न सकिन । नसकेको साथीहरुलाई यहीँ अनुरोधलाई मानी आगामी निर्वाचन २९ र ३० मा हुन गइरहेको निर्वाचनमा अध्यक्षमा विजयी बनाई सहयोग गर्नुहुनेछ । र, हाम्रो यो संस्था हाम्रो र राम्रो संस्थाको रुपमा अगाडि बढ्न गर्व गर्न लायक संस्थाको रुपमा अगाडि बढाउन सहयोग गर्नु हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।साथै, विगतमा जस्तै एस पटक पनि हजुरहरूको साथ र समर्थनको अपेक्षा राख्दै, मेरो अध्ययन, ज्ञान, क्षमता, र कार्य अनुभवको अधिकतम प्रयोग गर्दै सस्थालाई अझै सुधारिएको, पारदर्शी, विश्वसनीय बनाउँदै सस्थाको मूल लक्ष्यमा केन्द्रित हुन सधैँ प्रेरित भई रहने छु । हस्त नमस्ते ।
डा.अर्जुन बन्जाडे
अध्यक्ष पदको उमेदवार
एनआरएन, राष्ट्रिय समन्वय परिषद ,अमेरिका
प्रस्तुति : सुपेन्द्र बस्नेत