एनआरएनए अमेरिकाकाे निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार तिलक केसीकाे अपील
अमेरिका । विविध कारणले नेपाल बाहिर विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको साझा छाता संस्था ‘गैर आवसीय नेपाली संघ’, अमेरिका यतिबेला नयाँ नेतृत्व चयनका लागि निर्वाचनको अन्तिम तयारीमा पुगेको छ । यस अधिवेशनले आगामी दुई वर्षे कार्यकाल(२०२१-२०२३) का लागि नेतृत्व चयन गर्ने भएकाले कोरोनाकै कहरका बिचमा पनि चुनावी माहोल निकै गरमागरम रह्यो। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद , अमेरिकाको नेतृत्व लिन अध्यक्ष पदका लागि बुद्धि सागर सुवेदी, डा.अर्जुन बन्जाडे, कृष्ण लामिछाने र तिलक केसी चार जना चुनावी मैदानमा आम्नेसाम्ने भइरहेका छन्। प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व चयन गरिने भएकाले आफ्नो आमुल्य मत आफ्नो रोजाईमा परेको ब्यक्तित्वलाई दिएर र दिलाएर नेतृत्व चयनको छिनोफानो गर्न मतदाता पनि आतुर देखिन्छन् । उमेदवारहरुले पनि आफ्ना बिगतका काम , भूमिका र भावी योजनाहरु प्रस्तुत गरेर मतदाताको मन जिति संस्थाको बागडोर हात पार्ने अभियानमा कुनै कसर बाँकी राखेका छैनन् । यसै बिच , अध्यक्ष पदका प्रत्यासी तिलक केसीले अमुल्य मतका लागि मतदातालाई गर्नु भएको अपिल यस प्रकार रहेको छ ।
सम्पुर्ण एनआरएन ज्यूहरु नमस्कार ।
अबको केहि क्षण पश्चात निर्बाचनका लागि मौन अवधि शुरु हुंदैछ । हामी निर्बाचनको बिधी बिधानलाई मान्दै स्वच्छ र पारदर्शि निर्बाचनको पक्षमा रहने भएको हुनाले सदैव बिधानलाई सम्मान गर्दछौं र आयोगबाट पनि त्यहि अपेक्षा गर्दछौं ।
प्रिय साथीहरु, सिन्डीकेट तोडौ, नेपाली जोडौ भन्ने नाराका साथ शुरु भएको हाम्रो अभियानलाई अमेरिकाभरबाट दिनु भएको साथ र हौसलाको लागि निकै आभारी छु । यंहाहरुको यो साथले एनआरएनए अमेरिकाको भविश्य उज्जवल छ भन्ने देखाउंछ । आउनुहोस् अब यहि शनिबार र आईतबार चनाखो भएर हाम्रो साझा एनआरएनए बनाउन एक ठाउंमा उभियौं । अनलाईनबाटै मतदानमा पनि धेरै गडबढि गर्न प्रयास गरिने छ त्यसैले सबैजना चनाखो बनौ । र फेरि पनि निर्बाचन आयोगसंग एक डिभाईस एक भोट र मत परिणाम सार्वजानिक हुनु भन्दा पहिला सबै अध्यक्षका प्रतिनिधीको उपस्थीतीको माग गर्दछु ।
एकपटक फेरि पनि सिन्डीकेट तोडौ, नेपाली जोडौ भन्ने अभियानका लागि साथ र सहयोग माग्दै सबैलाई धेरै धन्यबाद ।
तिलक केसी
अध्यक्ष पदका उम्मेदवार
एनआरएनए अमेरिका
प्रस्तुति सुपेन्द्र बस्नेत