एनआरएनए अमेरिकाकाे निर्वाचनमा अध्यक्षका प्रत्यासी कृष्ण लामिछानेकाे अपील

निरन्तर न्यूज
१४ जेष्ठ २०७८, शुक्रबार १०:५१

अमेरिका । विविध कारणले नेपाल बाहिर विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको साझा छाता संस्था ‘गैर आवसीय नेपाली संघ’, अमेरिका यतिबेला नयाँ नेतृत्व चयनका लागि निर्वाचनको अन्तिम तयारीमा पुगेको छ । यस अधिवेशनले आगामी दुई वर्षे कार्यकाल(२०२१-२०२३) का लागि नेतृत्व चयन गर्ने भएकाले कोरोनाकै कहरका बिचमा पनि चुनावी माहोल निकै गरमागरम रह्यो। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद , अमेरिकाको नेतृत्व लिन अध्यक्ष पदका लागि बुद्धि सागर सुवेदी, डा.अर्जुन बन्जाडे, कृष्ण लामिछाने र तिलक केसी चार जना चुनावी मैदानमा आम्नेसाम्ने भइरहेका छन्। प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व चयन गरिने भएकाले आफ्नो आमुल्य मत आफ्नो रोजाईमा परेको ब्यक्तित्वलाई दिएर र दिलाएर नेतृत्व चयनको छिनोफानो गर्न मतदाता पनि आतुर देखिन्छन् । उमेदवारहरुले पनि आफ्ना बिगतका काम , भूमिका र भावी योजनाहरु प्रस्तुत गरेर मतदाताको मन जिति संस्थाको बागडोर हात पार्ने अभियानमा कुनै कसर बाँकी राखेका छैनन् । यसै बिच , अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछानेले अमुल्य मतका लागि मतदातालाई गर्नु भएको अपिल यस प्रकार रहेको छ :

आदरणीय अमेरिकाबासी नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई, परिवारजन, सामाजिक अभियन्ताज्यूहरु र पत्रकार मित्रहरु म तपाईहरु सम्पुर्णमा हार्दिक नमस्कार ।

हामीहरु यही आउँदो मे २९ तारेंख शनिबार र मे ३० तारेख आईतबारको दिन सम्पन्न हुने निर्वाचनको माध्यम मार्फत गैह्र आवासीय नेपाली संघ अमेरिकालाई एक गतिशिल र सबैले आ आफ्नो अपनत्वको अनुभव गर्नसक्ने गौरबशाली संस्थाको रुपमा रुपान्तरण गर्ने प्रकृयाको अन्तिम चरणमा आईपुगेका छौ। हाम्रा समर्थक, आम मतदाताहरु र आदरणीय अभियन्ताज्यूहरुमा देखिएको हौसला र उमंग साथै मैले नेतृत्वमा सहभागी साथीहरुको बिच स्थापित बिश्वास र एकताले हामीलाई बिजयीको संकेत मिलेको छ। दिन कस्तो हुन्छ भन्ने कुरा बिहानी बाटै प्रमाणित हुन्छ। पॉंच महिना सम्मको निरन्तरको चालिस भन्दा बढी शहरहरुमा सम्पन्न भेटघाट तथा छलफल कार्यक्रममा सहभागीहरुको उपस्थिती र बिधुतिय सहायताको माध्यमबाट गरिएका सयौं बैठकहरु, बिभिन्न किशिमका अन्तरवार्ताहरुमा ब्यक्त बिचारहरुलाई यहॉंहरुले गर्नु भएको आत्मासाथले हामीलाई थप उर्जा मिलेको छ। र यो पटकको निर्वाचनले संस्थाको बृहत्तर हित र संस्थागत बिकासको के कसरी जाने भन्ने बिषयको निर्यौल गर्नुपर्ने बाध्यात्म स्थिती रहेकोले परिवर्तनका पक्षधर हामीहरुलाई हार्ने छुट छैन।

 

संस्थामा पकड जमाई नाजायज फाईदा लिन खोज्नेहरुलाई यो निर्वाचनको नतिजाले राम्रै झापड दिनेछ र यो संस्था सॉंच्चिकै सारा नेपाली अमेरिकनहरुको साझा संस्था नै हो रहेछ भन्ने मान्यतालाई मुर्तरुप दिन कोशेढुंगा सावित हुनेछ भन्ने पुर्णत बिश्वास लिएका छौ। खराब नियत र गतिबिधी गर्नेहरु संधै समाजमा भ्रम छरेर मौकाको फाईदा लिनमा ब्यस्त रहंदै षडयन्त्रका तानाबानाहरु बुन्दै होलान्। खबरदार चारलाख नेपालीहरुको प्रतिनिधित्व गर्ने संस्थालाई मनोपली तरिकाले अँध्यारो कुनामा लुकेर नजर अन्दाज नगर। यो पटक सचेत मतदाताहरुले किमार्थ तिम्रा दुष्नियतलाई सहने छैनन्।

म सबै सचेत मतदाताज्यूहरुलाई अति चनाखो भई आफ्नो मताधिकारको प्रयोग गर्नुहोला कहीबाट तपाईहरुको अधिकारलाई कुण्ठित गर्ने प्रपन्च रचिएको सुचना पाप्त गर्नुभएमा एक मिनेट भित्रमा नै मलाई र मेरा सहयोगी साथीहरु साथै निर्वाचन समितिका सदस्यज्यूहरुलाई सम्पर्क गर्नुहोला। म र मेरा सहयोगी साथीहरुले त्यस्ता कुकर्ममा संलग्नहरुलाई यथासंभव बिधी बिधान र प्रकृयाको आधारमा कानुनी कारवाहीको दायरामा ल्याउने नै छन्।

अन्तमा, हर्ष उल्लासका मतदानमा सहभागी भई आफ्नो नेतृत्व आफ्नै चाहाना रोज्ने सुसंस्कृत लोकतान्त्रिक मर्यादाको उच्च सम्मान गर्नुहुन म सबै गैह्र आवासीय नेपाली आमाबुवा, दिदीबहिनीनर दाजुभाईहरुमा यसै मार्फत हार्दिक निवेदन गर्दछु। साथसाथै निर्वाचन समितिका साथीहरुलाई पनि निर्वाचनको निष्पक्षता र निर्वाचनको बिश्वशनियता माथी कोही कसैले औला उठाउन नसक्ने गरी पारदर्शिक तरिकाले निर्वाचनको प्रकृयालाई पुरागर्ने उच्च किशिमको वाताबरणको निर्माण गर्नुहुन बिनम्रता पुर्वक हार्दिक हार्दिक अनुरोध गर्दछु।

धन्यवाद !!!

तपाईहरुको
(कृष्ण लामिछाने)
आसन्न निर्वाचनमा अध्यक्ष पदको प्रत्यासी, गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका ।
जय एनआरएनए !

प्रस्तुति : सुपेन्द्र बस्नेत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*