नगद ६ लाख रुपैयासहित सपना मगर सम्मानीत

निरन्तर न्यूज
३ फाल्गुन २०७७, सोमबार १७:३५

काठमाण्डाैँ । बीबीसीले सन् २०२० काे विश्वकाे १०० जना प्रेरणादायी महिलाकाे सूचीमा राखेपछि चर्चित भएकी समाजसेवी सपना राेका मगरलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले ६ लाख रुपैयाँसहित सम्मान गरेकाे छ ।

आइतबार काठमाडाैंमा एक कार्यक्रम गरी मोना युकेका प्रमुख सहसंयोजक (सल्लाहकार) क्याप्टेन जीतबहादुर घर्तीले सपनालाई ६ लाख रुपैयाँ र सम्मान पत्र प्रदान गरेका हुन् ।

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजास्थित बुकेनीकी सपनाले वेबारिसे शव व्यवस्थापन गर्दै आएकी छन् । उनले काठमाडाैंमा विनयजंग बस्नेतसँग मिलेर याे काम गरेकी थिइन् ।

तर, हाल दुवै जना आ-आफ्नाे बाटोमा लागेका छन् भने सपनाले आफूमाथि यौन दुव्र्यवहार तथा ज्यान मार्ने धम्की दिएको भन्दै बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरीले बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

मोना युकेका कोषाध्यक्ष पदसुन्दर गर्बुजाका अनुसार ६ लाख रुपैयाँमा चार लाख सपनाको उच्च शिक्षाका लागि र दुई लाख रुपैयाँ सपनाको नयाँ संस्था (फाउण्डेशन)लाई सहयाेग हाे ।

बस्नेतसँग अलग्गिएपछि सपनाले उही काम गर्नका लागि आफैले फाउन्डेशन खाेलेकी हुन् ।

मोना युकेले म्याग्दीका बाढीपहिरोबाट विस्थापित परिवारको पुर्नवासका लागि सात लाख रुपैयाँ मोना अन्तर्राष्ट्रिय संघका पदाधिकारी राम थापालाई हस्तान्तरण गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु