हेटाैँडामा प्रहरीकाे संगीत थेरापी कार्यक्रम

निरन्तर न्यूज
१६ माघ २०७७, शुक्रबार ११:१२

हेटाैँडा । बागमती प्रदेश प्रहरी कार्यालयले आम नागरिकको तनाव व्यवस्थापनका लागि भन्दै हेटाैँडामा संगित थेरापी कार्यक्रम गरेको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस लगायतका विविध समस्याका कारण तनावमा परेका नागरिकहरुलाई लक्षित गर्दै प्रदेश प्रहरीले संगित थेरापी कार्यक्रम आयोजना गरेको हो । सहिद दिवसको अवसरमा हेटौंडाको बुद्ध चोकमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी ब्याण्ड गुल्मको संगित प्रस्तुती रहेको थियो ।

पहिलो पटक आयोजना गरेको संगीत थेरापी कार्यक्रम अब हरेक महिनाको १५ गते आयोजना गर्ने कार्यालयले जनाएको छ । कार्यालयले स्वास्थ्य सुरक्षाप्रति पुर्ण सावधानी अपनाउँदै आगामि कार्यक्रमहरुमा सहभागी हुन आमनागरिकहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु