मिस मंगोलसँग विहे गर्दै मुख्यमन्त्री राई

काठमाडौं । नेकपा नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मिस मंगोल विजेता जाङमु शेर्पासँग बिहे गर्न लागेको खुलासा भएको यसअघि उनको विवाहको खबर आएपनि बधुबारे कुनै खुलासा भएको थिएन ।
झण्डै ५० वर्षीय राईले मिस मंगोल २०१८ की विजेता २० वर्षीया शेर्पासँग विहे गर्न लागेका हुन् । उनीहरुबीच यही माघ ११ गते विवाह हुने भएको हो।
विवाह काठमाडौंमा गर्ने र भोज विराटनगरमा आयोजना गर्ने तयारी भएको मुख्यमन्त्री राईले जानकारी दिएका छन् ।
मुख्यमन्त्री राईले बुढेशकालमा अन्तरजातीय विवाह गर्न लागेका हुन् । यसअघि उनले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएर मात्रै बिहे गर्ने बताउँदै आए पनि उनले प्रतिज्ञा तोड्न लागेका हुन् । किनकी अहिलेसम्म प्रदेश १ को नामाकरण गर्न सकेका छैनन् ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । राई एक युवतीसँगको सम्बन्धको चर्चाका कारण विवादमा पर्दै आएका थिए ।
दोलखाकी बालिका खड्काले उनीविरुद्ध अंश मुद्दा दायर गरेकी छिन् । अंश मुद्दा दायर गरेकी छिन्। उनले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गर्नुका साथै राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी थिइन् ।