नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई हार्दिक शुभकामना

सुपेन्द्र बस्नेत
२५ कार्तिक २०७७, मंगलवार ०८:४५

`आफु बन्ने आशामा अमेरिकीले जानी जानी महान अमेरिका बनाउन आवश्यक प्रभावकारी कार्यनिति तथा रणनिति बनाए । आप्रवासीले आफु महान बन्ने लालसामा जानी नजानी अमेरिका बनाए। ‘
मेराे ब्यक्तिगत सैध्दान्तिक बुझाईले निकालिएकाे माथिकाे याे निश्कर्षले मेराे मनमा डेरा जमाएकाे पनि लामाे समय भैसक्याे ।आफ्नाे प्रतक्ष्य भाेगाईकाे बुझाइले उक्त निश्कर्षलाई दिनप्रतिदिन अझ मजबुत बनाउदै लगेकाे छ । हालै सम्पन्न अमेरिकाकाे राष्ट्रपतीय निर्वाचनले त झन उक्त निश्कर्ष अतिसंयुक्ति नभई यथार्थपरक नै भएकाे थप पुष्टि गरेकाे आभास भै रहेकाे छ ।
बिकासका बिभिन्न खम्बाहरुका बीच प्रभावकारी सामानजस्य गरी सफलता हात पार्न सफल अमेरिका , लामाे समयदेखि बिकासकाे शिखर चुम्ने बिश्वशक्ति राष्ट्रहरुकाे सूचिमा अग्रपंक्तिमा रहदै आएकाे छ । जसका कारण बिश्वका मानिसहरु उच्चतम बिकासकाे स्वाद चाख्नका लागि अमेरिका भित्रिन लालाहित भैरहेका छन् । त्यति मात्र हैन , उन्नति र समृद्धिकाे मेरुदण्ड मानिने अमेरिकाकाे ‘राजनिति’ले पनि विश्वकाे ध्यान हरपल खिचिनै रहेकाे जगजाहेर नै छ । उत्तम प्रजातान्त्रिक अभ्यास रहेकाे मुलुकका रुपमा बिश्व चिरपरिचित अमेरिकाकाे हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बिश्वकै ध्यान केन्द्रित रह्याे । र , अझै जारी नै छ । बिश्वका हर कुनामा आफ्नाे उपस्थिति जनाउदै धेरथाेर प्रतक्ष्य पराेक्ष्य प्रभाव पारिरहेका कारण चासाे र चिन्ता हुनु पनि स्वभाविक नै हाे ।
काेराेना कहरका कारण बिश्वमै सबै भन्दा बढी क्षति ब्यहाेरेर थङथिलो भएकाे अमेरिकाले यस्ताे बिषम परिस्थितिका बावजूत पनि निर्धारित मिति भित्रै राष्ट्रपतीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेर फेरी दुनियाँलाई आफ्नाे यथाेचित हैसियत र ताकत पुष्टि गरेर देखाउन सफल भएकाे छ । जाे अमेरिकाका लागि सुवर्ण अवसर र दुनियाँका लागि गतिलाे पाठ सिकाई पनि भएकाे छ ।
याे निर्वाचनले ‘ देश बने मात्र आफु बनिन्छ , देश बनाउन सही कार्यनिति तथा रणनिति मात्र हैन , सही प्रबृति भएकाे नेतृत्व पनि चाहिन्छ ।’ भन्ने भावनाबाट उत्प्राेत भई अमेरिकी जनता राष्ट्रकानिम्ति सक्षम नेतृत्व चुन्न सचेत , एकबद्ध र प्रतिबद्ध भएकाे पुष्टि गरेकाे छ । प्रजातान्त्रिक मुल्य र मान्यता अनुसार आफ्नाे अमुल्य बालिक मताधिकार स्वतन्त्र रुपमा प्रयाेग गरी निर्वाचनकाे माध्यमबाट देश चलाउने सक्षम नेतृत्व चुन्न अमेरिकी जनता सफल पनि भएका छन् । यही हाे प्रजातान्त्रिक ब्यवस्थाकाे आत्मा, सुन्दरता र मेरुदण्ड पनि । जसले प्रजातन्त्रमा- ‘ जनता जनार्दन हुन् । सार्वभाैमसत्ता जनतामा अन्तर्निहित हु्न्छ । देश र जनताकाे समृद्धिका लागि जनताद्वारा आवधिक निर्वाचन मार्फत चुनिएका ब्यक्तिले राज्य सञ्चालनकाे बागडाेर सम्हाल्छ । उसकाे कार्यसम्पादनकाे गुण र दाेषकाे आधारमा समर्थन र बिराेध हुन्छ । र , राम्रो काम गरे जनताले पुरस्कृत र नराम्राे काम गरे दण्डित गर्दछन् । ‘
भन्ने सैध्दान्तिक बिश्वासलाई ब्यवहारिक रुपमा नै प्रमाणित गरेर देखाएका छन् अमेरिकी जनताले। यस निर्वाचनलाई बिश्लेषण गर्ने र मनन गर्ने अनेक आयामहरु छन् नै । तर , जनताकाे काेणबाट हेर्दा भने मतदाताले बेला आउदा आफुमा रहेकाे ‘जनताकाे अमुल्य हैसियत’ गुमाई पार्टीकाे भराैटे र अन्धभक्त कार्यकर्ता भएर आफ्नाे अमुल्य मताधिकारकाे लिलामी गर्ने जनता भन्दा कार्यकर्ता बढी भएका प्रजातान्त्रिक मुलुक मानिएका देशहरुका नाममात्रका जनता भनाउदाहरुका लागि गतिलाे पाठ पनि सिकाएकाे छ ।महत्वपूर्ण अर्काे पाटाे , विश्वब्यापिकरणकाे दुनियामा परिवर्तित बिश्व परिवेषका बिच नेतृत्वप्रति स्थापित जनधारणा , जनअपेक्षा र चाल्न सक्ने निर्णायक कदमकाे पनि उजागर गरेकाे छ । यसबाट बिश्वका हरेक मुलुकका नेतृत्वले महत्वपूर्ण पाठ सिक्नु जरुरी छ ।
यस महत्वपूर्ण घडीमा , आगामी कार्यकालका लागि नयाँ नेतृत्व प्राप्त गर्न सफल अमेरिकी जनता तथा अमेरिकावासी , नव निर्वाचित राष्ट्रपति जाे बाइडेन , उपराष्ट्रपति कमला ह्यारिस लगायत निर्वाचित सबैलाई हार्दिक बधाई तथा कार्यकालकाे पूर्ण सफलताकाे शुभकामना ब्यक्त गर्दछु । साथै , एक अमेरिकावासी प्रवासी नेपाली नागरिकका हैसियतले , आगामी दिनमा नवनिर्वाचित ब्यक्तित्वकाे नेतृत्वमा बिश्वका लागि सहयाेगी सिद्ध हुने गरी अमेरिकाले सफलताकाे थप शिखर चुम्ने , शान्तिभूमि नेपालकाे राष्ट्रियता , स्वाधिनता , सार्वभौमिकता , अखण्डता र सहअस्तित्व स्विकार गरी अमेरिका र नेपालबिच स्थापित दाैत्य सम्बन्धलाई अझ रसिलाे, कसिलाे र आत्मीय बनाउन एक सच्चा हितैसी मित्रका नाताले आवश्यक कसी लगाउने , नेपाल र नेपालीकाे उज्वल भविश्यका लागि आवश्यक सहयाेगी भूमिका निर्वाह गर्ने र जगत भलाेका लागि विश्व शान्ति स्थापनार्थ आवश्यक पूजनीय भूमिका निर्वाह गर्ने नै छ भन्ने अन्तरहृदयी अपेक्षा समेत गर्दछु !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*