‘कसले चोर्‍यो मेरो मन-२’ बनाउँदै छवि ओझा, दोहोरिएलान रेखा र आर्यन?

निरन्तर न्यूज
१६ कार्तिक २०७७, आईतवार ०८:२८

काठमाण्डाैँ । नेपाली फिल्ममा रेखा थापा र आर्यन सिग्देलको दब्दबा रहेको समयमा बनेको फिल्म ‘कसले चोर्‍यो मेरो मन’को ‘नेम सिक्वेल’ बन्ने भएको छ । रिलीजको दश बर्षपछि ‘कसले चोर्‍यो मेरो मन-२’ नाम राखेर निर्माता छवि ओझाले नै यो फिल्म बनाउन लागेका हुन् ।
यो फिल्म पनि ‘कसले चोर्‍यो मेरो मन’ निर्देशन गरेका सबिर श्रेष्ठले नै निर्देशन गर्दैछन् । विश्वस्त श्रोतका अनुसार कोरोना महामारी अगावै कलाकार छनौट बाहेक अन्य काम सकिईसकेको थियो । कोरोना पछिको लकडाउनको कारण यो फिल्मको बाँकी सबै काम रोकिएको थियो । अब भने काम पुन: शुरु भईसकेको बताईएको छ ।
पहिलो फिल्ममा प्रमूख अभिनय गरेका रेखा र आर्यन दोहोरिन्छन् कि दोहोरिन्नन् त ? श्रोत भन्छ, ‘सम्पूर्ण कलाकार नयाँ हुने सम्भावना प्रवल छ’ । निर्माता र निर्देशक पुरानै रहँदा कलाकार किन परिवर्तन गरिने योजना होला त ? श्रोतका अनुसार यो चलचित्र स्टोरी पनि सिक्वेल नभएर नाम मात्र ‘२’ थपेर राख्न लागिएकोले रेखा र आर्यन नदोहोरिने भएका हुन् ।
‘कसले चोर्‍यो मेरो मन’ दश बर्ष पहिले रेखा फिल्मसको ब्यानरमा बनेको थियो । ‘कसले चोर्‍यो मेरो मन-२’ भने निर्माता ओझाले नयाँ कम्पनी दर्ता गरेर बनाउन लागेको बुझिएको छ । त्यसो त रेखा थापाले तीन बर्ष ‘कसले चोर्‍यो मेरो मन फेरी’ नाममा फिल्म बनाउने घोषणा गरेकी थिइन् तर, सो प्रोजेक्टलाई रोकेर उनले ‘रुद्रप्रिया’ बनाएकी थिइन् । रेखाले बनाउने भनेको ‘कसले चोर्‍यो मेरो मन फेरी’मा पनि निर्देशक सबिर नै थिए भने रेखा आँफैले अभिनय गर्ने भएकी थिइन् ।
छवि ओझा र रेखा थापा छुट्टिएसँगै रेखा फिल्मस् रेखासँग नै रहेको छ । रेखा, छवि र सबिरबीच फिल्म र नामको बिषयमा के सहमती भएको छ त्यो भने स्पष्ट भएको छैन । फिल्मीखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*