प्रबासी नेपालीकाे चाहना, अमेरिकी राष्ट्रपतीय निर्वाचन सफलताकाे कामना

सुपेन्द्र बस्नेत
१५ कार्तिक २०७७, शनिबार ०८:५८

बाेस्टन, अमेरिका ।  तुलनात्मक रुपमा विकास र सामरिक प्रतिस्पर्धाका दृष्टिकाेणले लामाे समयदेखि अमेरिका अग्रपंतिमा रहदै आएकाे छ । बिकासका मुलभूत आधार स्तम्भहरु राजनिति, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक लगायत क्षेत्रहरुबिच उचित तारतम्य स्थापित गर्न सकेका कारण समृद्धिकाे शिखर चुम्न अमेरिका सफल भएकाे हाे । त्यही समृद्धिकाे अनुभूति गर्न र स्वाद चाख्न तुलनात्मक रुपमा आप्रवासीहरुकाे पहिलाे राेजाईमा पर्ने गरेकाे देश हाे अमेरिका ।

अमेरिकाकाे समृद्धि लाेभलाग्दाे हुनुकाे अनेक आयामहरु छन् । तर , आप्रवासीकाे काेणबाट हेर्दा अमेरिकालाई मलजल गर्ने र कसी लगाएर झन चम्काउने अर्काे महत्वपूर्ण कडी भनेकाे ‘विविधता बिचकाे एकताकाे शक्ति’ हाे । जसलाई अमेरिकी राजनितिले बढाे हाेसियारी र बुद्धिमतापूर्वक देश र जनताकाे समृद्धिका लागि भरपुर उपयाेग गरिरहेकाे छ । संसारका भिन्न भिन्न स्थान र परिवेशबाट आएका भिन्न भिन्न धर्म, संस्कृति, रितिरिवाज, परमपरा आदि मान्नेहरुलाई समेटेर एकताकाे मेओमा बाँधी देश बिकासका निम्ति दाउन सक्नु अमेरिकाकाे चानचुने याेग्यता र क्षमता हैन ।

यस अर्थमा अमेरिका बनाउन रैथाने अमेरिकनले खेलेकाे भूमिका महान छ , भने आप्रवासीहरुकाे याेगदान पनि कम कदरयाेग्य छैन नै।

साँचाे अर्थमा स्पष्ट सारमा भन्नु पर्दा ‘आफु बन्ने आसामा अमेरिकनहरुले देशका लागि प्रभावकारी निति तथा रणनिति बनाए र अमेरिका छिरेका आप्रवासीहरुले आफु बन्ने लालसामा अमेरिका बनाए ‘ भन्दा अतियुक्ति नहाेला । यि सबैकाे मेरुदण्ड र सुत्रधार भने अमेरिकाकाे राजनीति नै हाे ।

थिति बसाएर अमेरिकालाई विश्वकै महाशक्ति राष्ट्रकाे अग्रपंतिकाे स्थितिमा पुर्याउन राजनितिले महत्वपूर्ण मेओकाे भूमिका निर्वाह गरेकाे तथ्यमा कुनै संका छैन । प्रजातान्त्रिक संबैधानिक ब्यवस्था अनुसार आवधिक निर्वाचन र त्यसबाट निर्वाचित जनप्रतिनिधिहरु मार्फत देश र जनताकाे हितार्थ अनुकुल बिभिन्न क्रियाकलापहरु गरेर देश सञ्चालन गर्नुमा नै यहाँकाे राजनिति केन्द्रिकृत रहेकाे छ ।

लेखक : सुपेन्द्र बस्नेत

पदीय अधिकार , जिम्मेवारी र भूमिकाका दृष्टिकाेणले राजनितिकाे अभिभावकीय मेरुदण्ड नै मानिने राष्ट्रपति (राष्ट्रप्रमुख) चयनका लागि निर्वाचन अभियान यतिबेला जाेडताेडका साथ चलिरहेकाे विश्वलाई जगजाहेर नै छ । मतदाताहरुले हुलाक मार्फत र अग्रिम मतदानका लागि ब्यवस्था गरिएका स्थानहरुमा पुगेर उत्साहवर्धक सक्रिय सहभागिता जनाउदै आफ्नाे अमुल्य मतदान गरिरहेका छन् ।

सञ्चार माध्यमहरुले जनाए अनुसार हालसम्म साढे ७ कराेड बढि मदाताहरुले अग्रिम मतदान गरिसकेका छन् । निर्वाचनकाे मुख्य दिन(नाेभेम्बर-३) नजिकिदै गर्दा अमेरिकामा मात्र हैन , विश्वमै चर्चा र चासाे सहितकाे बहस र अनुमानकाे पाराे निकै उचाइमा पुगेकाे छ । जाे विश्वमा अमेरिकाकाे सक्रिय उपस्थिति र खेलिरहेकाे भूमिकाका दृष्टिकाेणले स्वभाविक पनि हाे । जसकाे प्रभावबाट म पनि अछुताे छुइन नै । यस निर्वाचनले चुन्ने अमेरिकी राष्ट्रप्रमुखकाे ब्यक्तित्वकाे प्रभाव र त्यस ब्यक्तित्वकाे प्रभावका कारण अमेरिकाले चाल्ने कदमकाे प्रभाव विश्वमै प्रत्यक्ष पराेक्ष रुपमा धेरथाेर पर्नेमा कुनै संका छैन । जाे बिगतले पनि प्रमाणित गरिसके कै छ ।

एक अमेरिकाबासी प्रवासी नेपालीका नाताले आफ्नाे अधिकार , हैसियत र दायित्वकाे परिधिमा रहेर कर्मभूमिकाे भलाे चिताउदै राष्ट्रपतिकाे निर्वाचन सफल पार्न सक्दाे सहयाेगी कर्म गर्नुलाई धर्म ठानेकाे छु। यस महत्वपूर्ण निर्वाचनबाट सचेत अमेरिकी जनताले आफ्नाे मात्र नभै विश्व परिवेसलाई पनि मध्यनजर गरेर साेही अनुकुल याेग्य नेतृत्व छान्निनेमा म विश्वस्त छु ।

एक आम नेपाली नागरिकका हैसियतले भने शान्ति भूमि नेपालकाे राष्ट्रियता, स्वाधिनता, सार्वभौमिकता, अखण्डता र सहअस्तित्व स्विकार गरी अमेरिका र नेपालबीच सात दशक भन्दा अघि स्थापित दाैत्य सम्बन्धलाई एक सच्चा हितैसी मित्रका नाताले आवश्यक कसी लगाउदै थप कदरयाेग्य र पुजनीय उचाइमा पुर्याउने , नेपाल र नेपालीकाे उज्ववल भविश्यका लागि आवश्यक सहयाेगी भूमिका निर्वाह गर्न सक्ने र जगत भलाेका लागि विश्व शान्ति स्थापनार्थ आवश्यक आमुल परिवर्तनकाे अग्रगामी कदम चाल्न सक्ने ब्यक्तित्वकाे चयन हुन सकाेस् । भन्ने अन्तरहृदयी अपेक्षा राख्दै निर्वाचनकाे पूर्ण सफलताकाे कामना गर्दछु !

हेटाैँडा, मकवनपुर हाल अमेरिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*