आज घटस्थापना, घर घरमा जमरा राखिदै

निरन्तर न्यूज
१ कार्तिक २०७७, शनिबार ०६:५३

हेटाैँडा। आज बडादशैँको पहिलाे दिन समस्त हिन्दु  धर्मालम्बिहरुले आ-आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् ।

पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषहरुले बताएका छन् । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

मकवानपुरमा पनि जिल्ला प्रशासनले सूचना जारी गर्दै शक्तिपीठहरुमा सामान्य पुजा मात्र गर्न अनुराेध गरेकाे छ । साथै भिडभाड गरेर सर्वसाधारणलाई मन्दिर प्रवेशमा राेक लगाएकाे छ ।

हेटाैँडा २ मा रहेकाे बनस्खण्डी मन्दिरकाे दशैँ घरमा धार्मिक विधिअनुसार घटस्थापना गरिने भएको छ । जमरा राख्ने सबै तयारी पूरा भएकाे छ, दैनिक सामान्य ढंगले मन्दिरमा नित्य पुजा मात्र गरिने बनस्खण्डी मन्दिर संरक्षण समितिका सदस्य राजु राउतले जानकारी दिए ।

यो बर्ष ११ः४६ को शुभसाइतमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजाआजा गरी घटस्थापना गरिने भएको छ ।

मकवानपुरमा यस बर्ष कोरोना भाईरसको जोखिम भएको कारण विधिपुर्वक मात्रै सामान्य पुजा गरिने मन्दिर व्यवस्थापन समितिहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*