पुष्प र गरिमाको ‘फापरको रोटी’ सार्वजनिक
निरन्तर न्यूज
२८ आश्विन २०७७, बुधबार १३:२३

काठमाडौं । गायिका डा।रानी शाक्यको नयाँ गीत ‘फापरको रोटी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत गायनमा रानीलाई गायक विक्रम थापाले स्वरमा साथ दिएका छन् ।
गणेश सुबेदीको शब्द र विक्रम थापाको संगीत रहेको गीतको भिडियोमा भने पुष्प खडका र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।