आकाश र निलमको ‘तिम्रो प्यारमा छु’ सार्वजनिक

निरन्तर न्यूज
२७ आश्विन २०७७, मंगलवार १५:२८

गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘तिम्रो प्यारमा छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा अनु शाहको शब्द, नारायण सुवेदी ‘आभाष’को संगीत छ । यो गीतको म्युजिक भिडियोमा नायक आकश श्रेष्ठ र मोडल निलम चन्द फिचर्ड छन् । दुइको जोडीलाई गीत सार्वजनिक भएपछि दर्शकले रुचाएका छन् ।

गोदावरीमा छायांकन गरिएको यस भिडियोमा बुद्द थापाको छायांकन, विकाश धमलाको सम्पादन छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु