एलिनाको ‘बन चरी’ सार्वजनिक (भिडियोसहित)

निरन्तर न्यूज
२६ आश्विन २०७७, सोमबार १४:४९

गायिका एलिना चौहानको आवाजमा बन चरी बोलको गीत सार्वजनिक भएको छ । गीतमा भूमिका सुब्बाको शब्द रचना छ भने साजन राईको सङ्गीत छ ।

गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवाको अभिनय हेर्न सकिन्छ ।

भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । गीत तथा गीतको भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर जानुपर्दाको पिडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ ।

अनिल रानाले सम्पादन गरेको भिडियो भूपेन्द्र तुबहाम्फेले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु