बाबुराम भट्टराईको बरियता एक नम्बर नै हुन्छ , गंगा मानव -नेता, जनता समाजवादी पार्टी

निरन्तर न्यूज
२१ आश्विन २०७७, बुधबार १३:५१

जनता समाजवादी पार्टी र सरकार प्रतीको धारणासँगै देशको पछिल्लो राजनीतिक तथा समसामयिक अवस्था बारे गरिएको संक्षिप्त कुराकानी ।
प्रश्न : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी घोषणा भएको ६ महिना बितिसक्दा पनि अझैसम्म केन्द्रीय समिति र संघीय परिषद बन्नसकेको छैन । पदीय भागबन्डा नमिलेर हो कि अरु नै कारणले हो र ?

उत्तर :हामी गृहकार्यको अन्तिम चरणमा छौँ । केही दिनपछि केन्द्रीय समिति र संघीय परिषद प्याकेजमै घोषणा गर्दैर्छौं । विश्वव्यापी रूपमा फैलिएको कोभिड – १९ महामारीले गर्दा ढिला हुनगएको हो । पदीय भागबन्डाको कारणले होइन ।

प्रश्न : विधान लेखनदेखि अहिले गृहकार्य टीममा समेत रहेर काम गरिरहनु भएको छ । केन्द्रीय समिति र संघीय परिषद कत्रो आकारको बनाउँदै हुनुहुन्छ ?

उत्तर : हाम्रो पार्टीको अन्तरिम विधानमा व्यवस्था भए बमोजिम केन्द्रीय समिति ७०१ र संघीय परिषद ११०१ जनाको हुनेछ । अहिले त्यसैको वरिपरि रहेर केन्द्रीय समिति र संघीय परिषद घोषणा हुन्छ ।

प्रश्न : अब घोषणा हुने केन्द्रीय समितिमा राजपा र समाजवादीको तर्फबाट कतिकति सदस्य रहन्छन् ?
एकता हुँदा समानताको आधारमा समायोजन गर्ने कुरा लिखित सहमति भएको छ । मूलतः त्यसैलाई आधार मानेर संख्या बाँडफाँड हुन्छ ।

प्रश्न : केन्द्रीय समिति र संघीय परिषदको संख्या सारै धेरै भएन र ? यतिका केन्द्रीय नेताहरूलाई के जिम्मेवारी दिनुहुन्छ ?

उत्तर : पहिलो कुरा, एकताको बेला यस्तै नै हुन्छ । संक्रमणकालमा सानो बनाउन खोजेर सानो बन्दैन । महाधिवेशनबाट केन्द्रीय समिति सानो बनाउँछौँ । तर संघीय परिषद भने केन्द्रीय समितिको तुलनामा ठुलै हुन्छ । किनकि, परिषद भनेको विधायिकी हो । तर त्यो पनि अहिले जस्तो ठूलो रहँदैन । दोस्रो कुरा, कमिटी ठूलो र सानो बनाउनुमा खासै तात्विक भिन्नता हुँदैन । ठूलो संख्या समस्या र सानो संख्या समाधान होइन । पार्टीको आन्तरिक जीवनमा लोकतन्त्रको अवस्था कस्तो छ भन्ने कुराले नै निर्णायक महत्त्व राख्छ ।

प्रश्न : लोकतन्त्रको कुरा त हात्तीको देखाउने दाँत त होला नि ?

उत्तर : आजसम्म पद बिभाजन र कार्यबिभाजन त गर्नसक्नु भएको छैन ।म फेरि पनि दोहोर्‍याएर भन्छु, वैश्विक रूपमा फैलिएको कोरोना महामारी र पार्टी एकताको संक्रमणकालको कारणले केही ढिला हुन गएको हो ।जहाँसम्म जसपाले पनि लोकतन्त्रलाई हात्तीको देखाउने दाँतको रूपमा मात्रै लिने हो कि भन्ने शंका गर्नुभएको छ, त्यस्तो हुँदैन । हामी कम्युनिस्टले प्रयोग गर्दै आएको जनवादी केन्द्रीयताको नाममा अधिनायकवाद लाद्ने र पुँजीवादीले प्रयोग गर्दै आएको स्वतन्त्रताको नाममा अराजकता फैलाउने दुबै विधि पद्धतिको विकल्प दिन चाहन्छौं । त्यो भनेको परम्परागत औपचारिक लोकतन्त्र र जनवादी केन्द्रीयताको विकल्पमा समावेशीरसमानुपातिक र सहभागितामूलक लोकतन्त्र हो ।निकट भविष्यमा विधान सम्मेलनमार्फत नयाँ लोकतन्त्रको अभ्यासलाई व्यवस्थित गर्दै लैजान्छौं र महाधिवेशनमा पुगेर पूर्णता दिन्छौं । यसमा कसैले शंका नगर्दा हुन्छ ।
पद बिभाजन र कार्यबिभाजनको गृहकार्य अन्तिम चरणमा पुगेको छ । अब केही दिनमा घोषणा गर्छौं ।

प्रश्न : अमूर्त कुरा नगर्नुहोस् न १ बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष र वरियतामा एक नम्बर हुन्छ कि हुँदैन ? अनि तपाईंको आफ्नो पदचाहिँ के हुन्छ ? पाठकहरूलाई खुलस्त भनिदिनुहोस न ।(हाँस्दै) लुकाउनु पर्ने कुरा नै के छ र ?

उत्तर : सबै खुलस्तै त छ नि १ संघीय परिषद घोषणासँगै बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष बन्नुहुनेछ । हाम्रो विधानमा व्यवस्था भए अनुसार संघीय परिषद केन्द्रीय समितिभन्दा माथिको अंग हो । त्यसैले संघीय परिषदको अध्यक्ष पार्टीको वरियतामा स्वतस् एक नम्बर हुन्छ ।जहाँसम्म मेरो आफ्नो कुरा छ, मेरो व्यक्तिगत धारणाको कुरा गर्ने हो भने महाधिवेशनसम्म पदाधिकारी नबनाई केन्द्रीय कार्यकारिणी सदस्यको हैसियतमा कार्यबिभाजान मात्रै गरेर जानपाए हुन्थ्यो भन्ने हो । पद मात्रै सबैथोक होइन । मुख्य कुरा काम हो । पदको पगरी गुथ्दैमा पार्टीको नेता त भइएला तर जनताको नेता भइँदैन । देशमा पार्टीको नेता धेरै भए अब जनताको नेता बन्नु र बनाउनुपर्छ ।

प्रश्न : त्यही भएर समायोजन गर्दा ञएक व्यक्ति एक प्रमुख जिम्मेवारीझ को नीति बनाउनु भएको हो ?

उत्तर : हो । पार्टीभित्र ञएक व्यक्ति एक प्रमुख जिम्मेवारीझ को कुरा प्राविधिक होइन, सैद्धान्तिक हो । खासगरी पार्टीभित्र ञएक व्यक्ति एक प्रमुख जिम्मेवारी र एक व्यक्ति अधिकतम् दुई कार्यकालझ को नीति लागू गर्न नसकेसम्म त्यस्ता पार्टीहरू अन्ततः निरंकुश र अधिनायकवादी बन्नपुग्छ । दुनियाँको इतिहासले प्रमाणित गरेको कटु सत्य हो यो । यसबाट हामीले शिक्षा लिएका छौँ । हामी अरुले गरेको गल्ती दोहोर्‍याउँदैनौं ।तर, अहिले समायोजनको सन्दर्भमा धेरै साथीहरूले ञएक व्यक्ति एक प्रमुख जिम्मेवारीझ को नीति व्यबहारिक नहुने सुझाव दिइरहेका छन् ।

प्रश्न : किन ? कारण के रहेछ ? पद गुम्छ भन्ने डरले त होला नि !

उत्तर : त्यस्तो होइन । साथीहरूको सुझाव सत्यको निकट छ । साथीहरूको सुझाव छ-पहिलो कारण, हाम्रो पार्टी संगठनात्मक हिसाबले मधेसबाट पहाड र हिमालतिर बिस्तार हुँदै गरेको नयाँ पार्टी हो । निर्माणाधीन चरणमा ञएक व्यक्ति एक प्रमुख जिम्मेवारीझ लागू गर्न कठिनाइ हुन्छ ।दोस्रो कारण, डेढ दुई वर्षपछि स्थानीय, प्रदेश र संघको चुनाव आउँदैछ । अब नेतृत्व फेरबदल भन्दा भएका नेतृत्वलाई सहि रूपमा पूरा शक्तिका साथ परिचालन गर्दा निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन्छ ।तेस्रो कारण, समायोजन बेला विभिन्न प्रकारका व्यबहारिक जटिलताहरू आउनसक्छन । त्यस्ता व्यबहारिक जटिलताहरूलाई व्यबहारिक रुपमै समाधान गर्दै जानुपर्ने हुन्छ ।

प्रश्न : पहाड र हिमालतिर बिस्तार हुँदै गरेको कुरा त गर्नुभयो । तर जसपालाई मधेसी पार्टी भन्छन् नि ? नेतृत्वको सेटिङ्ग हेर्दा पनि त्यस्तै लाग्छ । केन्द्रीय समितिका दुबै कार्यकारी अध्यक्ष मधेसी, अब बन्ने केन्द्रीय समितिमा ७०१जनामा ५०० जना सदस्य मधेसबाटै आउलान् । अनि जसपा कसरी हिमाल, पहाड र त्यहाँ बस्ने समुदायको पार्टी भयो ?

उत्तर :बच्चा जन्मेकै दिन जवान हुँदैन । जवान हुन पूरा गर्नुप

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु