कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरु पाखे हुन् : सूर्य थापा (भिडिओसहित)

निरन्तर न्यूज
७ आश्विन २०७७, बुधबार १५:०७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्नेहरुलाई पाखेको संज्ञा दिएका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले यस्तो टिप्पणी गरेका हुन् ।
पत्रकार धमलालेले कुलमानजीकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हो नि रु भनेर प्रश्न सोध्दा थापाले यस्तो बताएका हुन् । उनले भने,‘त्यसो भन्नेहरु पाखे हुन् । उहाँहरुको त्यो सन्तुलित विचार, बुझाई र दृष्टिकोण होईन् ।’ थापाले अघि भनेका छन्,‘कुलमानजी भगवान होईन, उहाँ मानिस हो । तपाईं मानिस हो । म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजीपनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भनेपनि हामीले भगवान भन्छौं त । हामी मान्छे हो ।’श्रोत रिपोर्टर्स नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*