यी यूट्युबरले बनाए प्याराग्लाइडिङ खाट, उड्दै गर्दा सुते (भिडियो)
काठमाडौं । टर्कीमा एक यूट्युबरले प्याराग्लाइडिङ खाट बनाएका छन् । उक्त खाटमा एउटा बत्ती, टेबल, खेलौना र अलार्म घडी समेत छ ।
हसन कवाल नामक ती यूट्युबरले दक्षिणी टर्कीको एक पहाडबाट प्याराग्लाइडिङ गरेका हुन् । यूट्युबमा उनका ३० हजार फलोअर छन् ।
उक्त प्याराग्लाइडिङ खाट हावामा उडेपछि ती यूट्युबरले आँखा छोप्ने मास्क लगाएर सुतेका थिए । प्याराग्लाइडिङ खाट अन्ताल्या शहरमाथि उड्दै गर्दा उनी सुतेका थिए र समयमा उठ्न उनले अलार्म घडी राखेका थिए ।
अलार्म बजेपछि उनले खाटलाई नजिकैको तटमा मज्जाले अवतरण गराए ।
यसअघि पनि कवालले टर्कीको ओलुदेमिजमा सोफामा बसेर टेलिभिजन हेर्दै प्याराग्लाइडिङ गरेका थिए ।एजेन्सी
Amazing! A Turkish YouTuber invented a paragliding bed with a lamp, bedside table, and even an alarm clock. After successfully taking off, he put on his blinder and had a nice nap while hundreds of feet up in the air. pic.twitter.com/ywznXUIwSi
— Global Times (@globaltimesnews) September 22, 2020