कोरोना आइशाेलेशन वार्डमा संक्रमित नाँचेर आत्मबल बढाउँदै

निरन्तर न्यूज
२४ भाद्र २०७७, बुधबार १०:०४

भक्तपुर । भक्तपुरकाे खरीपाटी स्थित बिद्युत प्राधीकरण तालिम केन्द्रमा रहेकाे कोरोना आइशाेलेशन वार्डमा संक्रमितहरुकाे टोलीको नाँचेर मनाेरन्जन गरिरहेका छन् ।

चाँगु नारायण नगरपालीका वाड नं ५ खरीपाटीकाे उक्त आइशाेलेसन वार्डमा २ बर्षको बालिका सहित ६० बर्ष सम्मको व्यक्तिहरु रहेका छन् । २१ जना महिला  र ८० जना पुरष गरि जम्मा १ सय १ जना रहेकाे आइशाेलेशनमा रहका छन् ।

आइशाेलसनमा रहेका एक व्यक्तिका अनुसार २ बर्षको बालिकाको लागि समयमा नै  दुध उपलब्ध नगराएकाे उनीहरुकाे गुनासाे समेत रहेकाे छ ।

दैनिक दिइने खानेपानी, शाैचालय लगायतका समस्या समेत रहेकाे उनले बताए ।

उनीहरु आफुलाई स्वस्थ्य राख्नकाे लागि यसरी नाँचगान समेत गर्ने गरेकाे बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*