आज हेटाैँडाका विभिन्न वडाका ४ वटा घर शिल गरियाे
मकवानपुर । हेटाैँडा उपमहानगरपालिका क्षेत्रमा कोरोनाका संक्रमित बढ्दै गएपछि स्थानीय र जनप्रतिनिधिको रोहबरमा मकवानपुर प्रहरीले विभिन्न वडाका ४ वटा घर शिल गरेकाे छ ।
वडा प्रहरी कार्यालय हेटाैँडाका प्रहरी निरीक्षक इश्वरी प्रसाद भण्डारीकाे नेतृत्वकाे टाेलीले सम्वन्धित वडाका जनप्रतिनिधिसहित स्थानीयकाे राेहबरमा घरहरु शिल गरिएकाे हाे ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ स्थित बनस्खण्डी क्षेत्रका २ वटा घर, हेटौँडा ५ शान्तिनगर स्थित १ वटा घर र हेटौँडा ४ कर्रामा रहेकाे १वटा घर गरी कूल ४ वटा घर सिल गरेकाे प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
आज शुक्रबार समाचार तयार पार्दासम्म हेटाैँडा उपमहानगरभित्र ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।