अमेरिकाबाट एक नेपालीकाे हार्दिक अपिल

सुपेन्द्र बस्नेत
१३ चैत्र २०७६, बिहीबार २१:०७

सबैलाई नमस्कार !

यति बेला बिश्व नै काेराेना भाइरस काे संक्रमणबाट आक्रान्त भै रहेकाे सबैलाई विधितै छ । माहामारीकाे रुपमा फैलिएकाे याे समस्याबाट काेही पनि अछुताे रहेकाे छैन। काेराेना भाईरसकाे संक्रमण र त्यसकाे परिणामकाे पछिल्ला प्रतिवेदनहरुलाई अध्ययन गर्दा दिन प्रतिदिन डरलाग्दाे परिस्थिति श्रृजित हुदै गएकाे सबैलाई ऐना झै छर्लङ्गै छ । याे अपिल लेख्दासम्म बिश्वभर चार लाख ९१ हजार ३६ ब्यक्ति संक्रमित भैसकेकाे र २२ हजार १ सय ८२ जनाकाे मृत्यु भै सकेकाे छ । याे परिणामलाई बिश्लेषण गर्दा साच्चै यदि याे गति नराेकिने हाे भने भयाबह स्थिति आउन सक्छ भन्ने अनुमान गर्न जाे काेहीलाई गाह्रो छैन ।

यस्ताे बिसम परिस्थितिमा विश्वरभर छरिएर रहेका नेपालीहरु , नेपालमा रहेका उनिहरुका परिवार , नेपाल र समग्र बिश्वलाई नै प्रतक्ष्य अप्रतक्ष्य प्रभाव पर्ने निश्चित छ । तसर्थ , परदेशमा रहेका नेपाल र नेपाली समुदायहरुसंग सम्बन्धित संघसंस्थाहरुले अब बिलम्ब नगरी परिस्थिति अनुकुलता अनुसार आफ्नाे याेग्यता,क्षमता र उपलब्ध श्राेत साधनकाे अधिक्तम प्रयाेग गरेर काेराेना भाईरसका कारण हाल उब्जिएकाे र भावि दिनमा उब्जिन सक्ने जटिल परिस्थितिका बिरुद्ध प्रभावकारी लडाई लड्न यथासक्य याेगदान पुर्याउन तत्काल सक्रियता देखाउनु पर्ने आवश्यकता महसुस गरेकाे छु ।

याे बिश्वकै सम्पूर्ण मानव जातिकाे समस्या भएकाले हाम्राे याेगदानकाे भूमिका सम्पूर्ण मानव कल्याणका लागि केन्द्रिकृत हुनै पर्दछ । यसमा दुई मत छैन तर मुख्य गरी नेपाल र नेपालीकाे हितार्थ स्थापित संघ संस्थाहरुले आफ्नाे याेगदानकाे अभियान प्रभावकारी रुपमा साेही जन्म बिन्दुबाट प्रारम्भ गर्नु पर्दछ भन्ने अपेक्षा राखेकाे छु । यतिबेला अन्य सहाेग र राहतकाे अावश्यकता , आैचित्य , महत्व र त्यसकाे मुल्यकाे त कुरै छाेडाै , सचेतनाका लागि प्रदान गरिने सही सूचना,सन्देश, सुझाव,सल्ला र परामर्श पनि अमृत समान अमुल्य हुन्छ ।जसले सही दिशानिर्देश गर्नुका साथै एक आपसमा आडभराेसा र आत्मियता पनि कायम गर्दछ । तसर्थ , बिश्वभर रहेका नेपाल र नेपालीसंग सम्बन्धित संघ संस्थहरुले याे जटित परिस्थितिलाई आत्मसाथ गरी काेराेना बिरुद्ध एक भएर लड्न आवश्यक तयारीका साथ आ-आफ्नाे ठाँऊबाट यथासिघ्र सक्रियता सहित यथासक्य याेगदानकाे भूमिका निर्वाह गर्न बिनम्र अपिल गर्दछु । संघ संस्थाहरुले आफ्नाे भूमिका र महत्व दर्शाउने र अरुले संघसंस्थाहरुकाे महत्व बुझ्ने र महसुस गर्ने याे महत्वपूर्ण बेला हाे ।

साथै , हरेकले ख्यालठट्टा नठानी र हेलचेक्य्राइँ नगरी आफु बाँच्न र अरुलाई पनि बचाउन स्वास्थ्य सुरक्षाकाे अधिकतम अनुसाशन कायमगरी आवश्यक कदम चाल्नु हुन सबैलाई एक आम नेपालीका हैसियतले बिनम्र बिन्ती बिसाउदछु ।यति बेला यहि नै हाम्राे अमुल्य मानव कर्म हाे र यही नै सच्चा धर्म हाे ।

अन्त्यतमा, याे दुःखद घडिमा मृत आत्माहरुकाे चीर शान्ति , संक्रमितहरुकाे सिघ्र स्वास्थ्य लाभ र अन्यकाे स्वास्थ्य जीवन रक्षाकाे लागि प्रार्थना सहित कामना गर्दछु !

जय देश, जय जनता

हेटाैँडा मकवानपुर,  हाल बाेस्टन,अमेरीका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*