‘प्रेमगीत ३’को टिजर सार्वजनिक

निरन्तर न्यूज
२१ फाल्गुन २०७६, बुधबार ११:४७

‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ।

टिजरले सिनेमा मुख्य पात्र प्रदीप र मनिष राउत बीचको टक्करलाई सिनेमामा प्रस्तुत गर्ने देखाएको छ।

सिनेमाले २ सय वर्ष अगाडिको परिदृश्यमा एउटा प्रतिबन्धित प्रेमकथामा देखाउने दाबी गरेको छ।

‘प्रेम गीत ३’लाई छेतेन गुरुङ तथा सन्तोष सेनले संयूक्तरुपमा निर्देशन गरेका हुन्।

सिनेमामा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ।

चैत २८ गते रिलिज हुने सिनेमालाई निर्देशक गुरुङ र मन्दीप गौतमले लेखेका हुन्।

सिनेमामा कल्याण सिंहरएलिश कार्कीको संगीत, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको छायांकन र बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन छ ।

आसुसेन फिल्मस्को व्यानरमा निर्मित सिनेमाका निर्माता सन्तोष सेन हुन् ।श्रोत सेतोपाटी

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु