प्रधानमन्त्रीलाई सुस्वास्थ्यसहित दिर्घायुको कामना
भनिन्छ ‘कल्पना,तर्कना,संझना,झझल्को आदि ईत्यादिका कारण सपना देखिन्छ । तर यकिन गर्न सकिरहेको छैन कि बिदेशिएदेखि मैले कुन कारणले हो एक रातमा कम्तिमा २\३ वटा अनेक खाले मिश्रित सपनाहरु देख्दै आइरहेको छु । अचम्म लाग्दो कुरा त के लागिरहेको छ भने देखिएका लगभग सतप्रतिशत सपनाहरु जन्मभूमि नेपाल र नेपालीसंग सम्बन्धित नै देख्ने गरेको छु । परदेश छिरेको पनि लामै समय भै सक्यो सुख,दुःख,रमाइलो,नरमाईलो,संघर्ष,उतार,चडाब,आरोह,अवरोहका अनुभूति पनि अथाह संग्रहित भै सके । तर पनि ति अनुभूतिहरु सपनीमा आक्लझुक्ल बाहेक छचल्किदैनन् । प्रतिबिम्बित् हुदैनन् । यो मेरोलागि बढो सोचनिय र अध्ययनको बिषय बनिरहेको छ । यसै क्रममा गत फागुन १० गते राति देखेको छोटो एउटा सपना यहाँ सार्वजनिक गर्ने अनुमति चाहन्छु ।
जुन सपनीमा स्वर्गबासी भाई ज्योति तिमल्सिनालाई एकाएक भेटेको थिए । ज्योति हेटौडाबासीका लागि एक चिरपरिचित नाम हो । जो मुख्यतः सामाजिक कार्य क्षेत्रमा होमिएका थिए । राजनिति नगरे पनि एउटा सचेत नागरिकका हैसियतले आफ्नो अधिकार र कर्तब्यप्रति उनी निकै सचेत थिए । देशमा पछिल्लो राजनितिक परिवर्तन (संघीय लोकतान्त्रिक गणतन्त्र ) ल्याउनमा उनको पनि महत्वपूर्ण योगदान छ । बिडम्ना आफ्नो , सन्ततिको र समग्र नेपालीको उज्वल भविश्यको खातिर ०६२र०६३ को जनआन्दोलनमा होमिएका उनले अल्पायु मै धर्ती छोडेर स्वर्गबास रोजे । अत्यन्त मिलनसार, कर्मयोगी , समाजसेवी,परोपकारी स्वर्गीय भाईलाई संझेर बेलाबखत यादिन्छु पनि । त्यसैको प्रतिबिम्ब पनि हुन सक्छ यो सपना । जे होस् अब सपनाको कुरा गरौं।
‘ देशमा निकै ठुलो आन्दोलन मच्चिरहेको थियो । दिनभर आन्दोलनमा होमिएका हामी रात परेपछि फेरी हेटौडाको मुख्य चोक सिमा चोकमा पुनः भेट्ने गरी खाना खान घरतिर लाग्यौ । म हिडेर ५ मिनटको दुरीमा रहेको बसपार्क नजिक टिसियन स्थित घरको भान्सा भित्र छिर्दा नछिर्दै ज्योति भाई हस्याङफस्याङ गर्दै आए र टर्च मागे । लोडसेडिङका कारण चुक अमिलो खनाए झै अन्धकार अध्यारो छाएको थियो । मैले सोधे ।किन ज्योति … ? के भयो र ।।रु उनले पछि भन्छु दाजु भन्दै टर्च यथासिघ्र उपलब्ध गराउन अनुरोध गरे । तत्काल घरमा खोज्दा नभेटेपछि घरको पहिलो तल्लामा रहेको पसलमा किन्न भनेर दुबै जना बिलम्ब नगरी तेश्रो तल्लाबाट एकैचोटो तल झर्यौ । तल त सुरक्षा निकाय र आन्दोलनकारी बिच ठुलो मारामारी चलिरहेको पो रहेछ । घरको च्यानल गेट भित्र धेरै आन्दोलनकारीहरु सुरक्षाको आड लिदै चर्का चर्का नारा लगाई रहेका थिए । भिडका कारण छिचोलेर टर्च लिन पसलसम्म पुग्नै सकिएन । अन्धकार अध्यारोका कारण कसैलाई चिन्न पनि सकिएन । त्यही हुलमुलमा मिसिएर स्वर मच्चाउन सुरु गर्यौ हामीले पनि ।।यतिकैमा म बिउझिए ।’मुख सुकेकाले पानी पिए । देखेको सपना पुनः सबिस्तार स्मरण गर्ने प्रयास गरे । उठेर मुख धोई स्वर्गबासी ज्योति भाईलाई स्मरण गर्दै मृत आत्माको चीर शान्तिको कामना सहित पानी चढाए र हार्दिक श्रध्दासुमन अर्पण गरे । यस प्रसंगको पुनः स्मरणमा यिनै श्रद्धासुमनका शब्दहरु अर्पण गर्दै फेरी पनि मृत आत्माको चीर शान्तिको कामना सहित श्रध्दाञ्जलि अर्परण गर्दछु ! मध्यरात भएका कारण पुनः निदाउने कोसिस गरे तर सकिन । झन उनीसंगको हिमचिम र उठबसको फिरिस्त याद आयो । मेरो जीवनको एक महत्वपूर्ण ब्यक्तित्व भएका कारण होला आँखाले पनि आँसु झारेर हार्दिक श्रदासुमन अर्परण गर्यो । यस्तै यस्तैमा बित्यो त्यो रात ।
बिहान उठेपछि सामाजिक सञ्जाल खोलेर हेर्दा त सम्माननीय प्रधानमन्त्री ज्यूको जन्म दिनको शुभकामना छ्यापछ्याप्ति भै सकेको रहेछ। देशको प्रमुख कार्यकारिणी पदधारी र नेपाली राजनितिमा चर्चा परिचर्चाको शिखरमा रहनु भएका एक ब्यक्तित्वको जन्म दिन परेकाले सोही देशको एक नागरिकका हैसियतले उहाँसंग बिभिन्न सैद्धान्तिक र ब्यवहारिक असहमति तथा असन्तुष्टि रहेका बिषयहरुलाई पछि बहसमा निरन्तरता दिने गरी तत्कालका लागि बिर्सिएर उहाँको सुख ,शान्ति,सुस्वास्थ्य , दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरे । हुन त उहाँको जन्म दिनमा पनि अनेक खाले टिका टिप्पणी गरेर आफ्नो असहमति,असन्तुष्टि र पिडा पोख्ने जमातको कमि रहेन । अचानाको चोट खुकुरीले बुझ्न सक्दैन भने झै उहाँहरुसंग पूर्ण असहमति जनाएर उहाँहरुको भावनाको अवमुल्यन पनि म गर्न चाहन्न । तर मानिसको जीवन चक्रमा जन्म,मृत्यु र कर्म चलेको दिन अत्यन्तै महत्वपूर्ण हुने भएकाले यि दिनहरुमा मानवीय नाताले सम्बन्धित ब्यक्तिको सकेसम्म भलो चिताएर सकारात्मक पक्षको निरन्तरताका लागि प्रसंसा सहितको उत्प्रेरणा र कम्जोर पक्षको सुधारको अपेक्षा सहित सुझाबहरु दिदै स्मरण गर्नु मानव धर्म हो । भलो चिताउन सकिन्न वा इच्छा भएन भने पनि कुभलो नचिताउनु वा पाप नचिताउनु पनि धर्म नै हो । वर्तमान राजनितिक परिवर्तनलाई यदि उपब्धि मान्ने हो भने प्रम केपी वलीको योगदानलाई झोक फेर्ने स्वार्थमा कदाचित अवमुल्यन वा नजरअन्दाज गर्नु हुदैन।विविध कारणले मनमा उब्जिएका कुण्ठा,पिडा वा असन्तुष्टिहरुलाई तत्कालका लागि थामथुम पारेर मन बुझाउन नेपालको राजनितिक परिवर्नका बिभिन्न कालखण्डहरुमा उहाँले खेल्नु भएको भूमिकाहरुलाई असहमतिका अनेक कोणबाट ब्याख्या तथा बिश्लेषण गर्न त सकिएला तर त्यो अल्पकालिन अदुरदर्शी सोच तथा बिश्राम मात्र हो । दुरदर्शी सोच तथा समाधान पक्कै हैन । राजनितिक नेतृत्वका हिसाबले मुल्याङकन गर्दा २०६२|०६३ को जनआन्दोलन, शान्ति प्रक्रिया , त्यसपछि तत्कालिन माओवादीलाई लगाम लगाउनेदेखि मौका पाउदा एकले अर्कोको अस्तित्व समाप्त पार्ने अवस्थासम्म सम्बन्ध रहेको त्यही माओवादीसंग पार्टी एकता गरेर दुई तिहाईको सरकार गठन गरी पार्टी र सरकारको दुबैको बागडोर आफ्नो कब्जामा लिन सफल हुनुलाई कदाचित चानचुने सफलता, साहस,चाणक्यता र क्षमता ठान्नु हुन्न ।
नयाँ संबिधना निर्माण, जारी र कार्यान्वयनसम्म आईपुग्दा उहाँले खेल्नु भएको भूमिकाहरु परिवर्तनका हिमायतीहरुका लागि पुजनीय र प्रेरणादायी छन् नै । त्यति मात्र हैन बिभिन्न कालखण्डमा राष्ट्रियता,स्वतन्त्रता,स्वाधिनता,सार्वभौमिकता,अखण्डता र देशभक्तिका सबालमा उहाँले लिनु भएको अडान र खेल्नु भएको महत्वपूर्ण भूमिका श्रहानीय छन् । यिनै बिषेश र महत्वपूर्ण भूमिकाहरुकै कारण वलीले जनताको बिश्वास जित्न सफल हुनु भएको थियो । त्यही जनताको बिश्वासका कारण आज उहाँ संबैधानिक ब्यवस्था अनुसार प्रजातान्त्रिक अभ्यासबाटै देशको महत्वपूर्ण तथा सर्बोच्च कार्यकारी पदमा आसीन हुनु भएको छ । र जनताले पनि बढी बिश्वास र भरोसा गरी पद , अधिकार र जिम्मेवारी दिलाएको ब्यक्तिबाट सोही अनुसार आशा र भरोसाको अपेक्षा गरेका हुन् । जो स्वभाविक पनि हो । बास्तबमा वली ज्यू त नेपालको ईतिहासकै सबै भन्दा भाग्यमानी र शक्तिशाली प्रम हो भन्दा अतियुक्ति नहोला । आफ्नो सर्वानुकुल राष्ट्रप्रमुख , आफ्नै वर्गको दुई तिहाई सरकार , त्यस माथि पनि लोकतन्त्रको संबैधानिक सौन्दर्यमा मात्र सिमित रहेको सशक्त तर चीर निन्द्रामा परेको सालीनताको उपाधि स्वधारित प्रतिपक्ष काँग्रेस, ब्यवस्थाको सौन्दर्यको गरगहनाका रुपमा बेला बखत प्रदर्शित अन्य बिरोधीहरु , विविध कारणले ‘बोल बोल माछा ‘ मुखभरी पानीु भने झै तैचुप मैचुपको अवस्थामा रहेका आफ्नै दलका नेताहरु, जुनसुकै अवस्थामा सुरक्षाकवचको भूमिका निर्वाह गर्ने र भजन भक्तिगान गाएर नथाक्ने चेत अचेत कार्यकर्ताहरु, आफ्नो निश्पक्ष र स्वतन्त्र जिम्मेवारीबाट बिचलित स्वार्थी नतमस्तक शक्तिका पूजारी राज्यका अंगहरु , पुर्पुरोमा हात राखेर आफ्नै भाग्यलाई दोषी ठहराउने धर्य र सहनशील जनताहरु रहेको अवस्थामा देशको बागडोर सम्हाली रहने अवसर प्राप्त गर्ने प्रम वली ज्यूलाई भाग्यमानी मात्र हैन अहोभाग्यमानी ठान्नै पर्दछ । इतिहासकै राजनेता बन्ने अवसर उँहालाई मिलेको थियो । साच्चै भन्नु पर्दा उहाँलाई नेपालीका सन्तान दरसन्तानसम्मले स्तुतिगान सहित जीवनको आदर्श र मार्ग निर्देशकका रुपमा स्विकार्दै अध्ययन गर्ने,पुज्ने र प्रार्थना गर्ने गरी ‘ वलीमालाू तयार गर्ने अवसर मिलेको थियो । तर बिडम्वना त्यो अवसर जनआकाँक्षा अनुसार सही अर्थमा सदुपयोग हुन सकेन । यद्यपि , समय सिमामा अझै पूर्णबिराम लागिसकेको छैन जस्तो लाग्छ । जन्म दिनका अवसरमा आयोजित अन्य क्रियाकलाप मध्ये आफ्नो ६९ औ जन्म दिन जन्मथलो पुगेर मनाउदै गर्दा प्रमले आफ्नो सारा बिगतहरु एक एक गरेर स्मरण गर्नु भयो होला नै भन्नेमा म बिश्वस्त छु । लोभीपापीहरुको चौघेराबाट केही समयका लागि भए पनि उम्किएर यथार्थ धरातल जन्मथलोमा जन्म दिन मनाउदै गर्दा जीवनको समग्र ६८ वर्षको यात्राको आफ्नै आत्मा साँक्षी राखेर सुक्ष्म समिक्षा गर्र्दै सबल पक्षमा गर्व र दुर्वल पक्षमा आत्मालोचना गर्नु भयो होला नै । एक भलोचिताउने नागरिकका हैसियतले यो घडिमा अब उपरान्त सबल पक्षले निरन्तरता र दुर्बल पक्षले पूर्णबिश्राम लिन्छ भन्नेमा म आसाबादी छु । स्मरण रहोस् कि नेपालको इतिहासले जंगबहादुरलाई निकै शक्तिशाली र तानासाही जहानिया प्रधानमन्त्रीको संज्ञा दियो । तर उनले चाहेको भए श्री ५ मात्र हैन मर्यादाक्रममा राजा भन्दा माथि पनि रहन सक्थे तर दुरगामी दृष्टि सहित आफ्नो र आफ्ना दरसन्तानको सत्ताको दिर्घायुका लागि श्री ३ मै सिमित रहेका थिए । प्रमकै शब्द सापटी मागेर भन्नु पर्दा उपहार पाएको जिन्दगीले हालसम्म प्रश्न चिन्ह खडा हुने ठाँऊ नराखी राजनेता बन्ने शुभ अवसर त चुकायो नै । तर पनि जन्म दिनका अवसरमा गरिएको आत्म समिक्षाले अब भाबी दिनमा जनआकाँक्षा पुरा गर्नतिर केन्द्रित भई सही मार्ग निर्देश गर्न सकोस् । आउदो उपहारको जीन्दगी पूजनीय ,जय जयकार र वावामा बितोस् । यदि जनताले राखेका बिषेश अपेक्षा पुरा गर्न नसके पनि अब बाँचेकुचेका साख थप गिर्ने भूमिका निर्वाह नहोस् । मैले फागुन १० गते देखेको सपना केवल सपनामा मात्र सिमित रहोस् । बिपनामा परिणत नहोस् । देश र जनताका लागि आफ्नो प्राण आहुति दिने सच्चा सहिदहरुको सपना साकार हुन सकोस् । स्व। ज्योति भाई जस्ता देश प्रेम र देशभक्तिमा समर्पित मृत आत्माहरुले राजनैतिक ब्यतिथि र बिसंगतिका बिरुद्ध तड्पिदै आन्दोलित हुन नपरोस् । समृद्धिको स्वाद चाख्दै आनन्दको अन्तिम सास फेरेर बिदा हुने लालचमा बाँचेका आम नेपालीहरुले प्रमलाई धारेहात लगाएर भड्किन र तड्पिन नपरोस् । प्रमलाई धारेहात लगाउने हातहरु प्रसंसनीय काम र त्यसको परिणामका कारण बाध्य भएर जोडिदै आदर सम्मानका लागि झुकुन् । यिनै र यस्तै यस्तै अपेक्षाहरु सहित प्रमलाई जन्म दिनको यो शुभ अवसरमा सुख,शान्ति,सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगति र उन्नतिको कामना सहित कोटी कोटी एकै चोटी हार्दिक शुभकामना ब्यक्त गर्दछु ! जय होस् ! हेटौंडा, मकवानपुर हाल बोस्टर्न, अमेरिका