मुटु चोरी भएको उजुरी दर्ता गराउन प्रहरी चौकिमा

निरन्तर न्यूज
११ फाल्गुन २०७६, आईतवार १५:२४

भारत । अनौठो उजुरी परेको छ महाराष्ट्रको नागपुर प्रहरीमा । भारत नागपुरका एक युवाले प्रहरी चौकीमा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराएका छन् । ती युवा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराउन आएपछि त्यहाँका प्रहरी अचम्म परे ।

एउटी युवती आफ्नो मुटु चोरी गरेर भागेकी र चोरी भएको मुटु प्रहरीले खोजेर ल्याइदिनुपर्ने भन्दै उजुरी दर्ता गर्न ती युवा प्रहरी चौकी आइपुगेका थिए ।

चोरी भएका सामानहरु फिर्ता ल्याइदिने भनेर उजुरी आउनु त प्रहरीमा सामान्य नै हो । तर मुटु नै चोरी भएको उजुरी आएपछि ड्यूटीमा खटिएका प्रहरीले यो विषयमा के गर्ने भनेर माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए ।त्यहाँका एकजना उच्च अधिकारीले बताएअनुसार, यो घटना नागपुरको एक प्रहरी चौकीमा भएको थियो ।

ती युवाले प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दै यो समस्याको समाधान गरिदिनुपर्ने माग गरेका थिए । तर प्रहरीका उच्च अधिकारीहरुले यस्तो प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको भन्दै ती युवालाई घर फर्केर जान आग्रह गरेका थिए ।

नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले आफूहरुकोमा असामान्य घटनाका बारेमा पनि उजुरी आउने भन्दै यसको बारेमा गएको हप्ता खुलासा गरेका थिए । चोरी भएको एक लाख तीस हजार बराबरकोे सामान सामानधनीलाई फिर्ता गर्न आयोजित एक कार्यक्रममा बोल्दै उनले यस घटनाको पनि खुलासा गरेका थिए ।(एजेन्सी) श्रोत रिपोर्टस् नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*