भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस
ब्याख्याकारहरुले मायाँ,प्रेम,स्नेह,प्रणय,करुणा जस्ता शब्दहरुलाई भिन्न भिन्न रुपमा अथ्र्याए पनि सारमा भने सबैले नजिकको पर्यायवाची शब्दको रुपमा अर्थ लगाउछन् । भनिन्छ संसार मायाँमा अडिएको छ । माया बिनाको संसारको कल्पना अथहीन हुन्छ ।
सृष्टि कर्ताले नै संसारको सृष्टि गर्दा एक आपसमा यसरी सह अस्तित्व कायम गरिदिएका छन् कि त्यसको सन्तुलन कायम गर्न नसके वा एकले अर्काको अस्तित्व स्विकार नगरे परिणाम नकारात्मक हुन्छन् । यति बेला अन्य खाले सम्बन्धको भन्दा पनि मानव मानव बिचमा हुने प्रेम सम्बन्धका बारेमा चर्चा गर्न खोजिएको हो । प्रेम शब्द सुृन्ने बितिकै हृदयमा केही खुशी र आनन्दको अनुभूति हुन्छ । हुन त प्रेमलाई बुझ्ने र बिश्लेषण गर्ने हरेकका आआफ्नै कोण हुन सक्छन् । त्यसैले यसको परिभाषामा पनि एक रुपता पाइदैन । कतिले प्रेमलाई प्रकृतिप्रदत यौन र यौनिकताका सबालमा एक आपसमा आकर्षित हुने र त्यसको प्राप्तीे वा मिलनका लागि अग्रसर गराउने गुण वा बिषेश्ताका रुपमा पनि ब्याख्या गरेका छन् । भने कतिले अरुको खुशीका लागि आफ्नो खुशीको बलिदानी दिनु वा आवश्यक त्याग वा समर्पण गर्नु नै प्रेम हो भनेर बुझ्ने र ब्याख्या गर्ने गरेको पनि पनि पाइन्छ । तुलनात्मक रुपमा दुई आत्माको भावनात्मक मिलन नै सच्चा प्रेम हो भन्ने,विश्लेषण गर्ने र मान्नेहरुको जमात भने विश्वमा अरुको भन्दा बढी नै छ । जे जे भनेर बुझे पनि र ब्याख्या गरे पनि मानव जीवनलाई सार्थक तुल्याउन यसको ठुलो अर्थ र भुमिका रहेको छ भन्नेमा भने सबै सहमत छन् । त्यसैले प्रेमदेखि कोही पनि अछुतो छैन वा रहन सक्दैन भन्दा अतियुक्ति नहोला ।
हरेक बर्ष फ्रेब्ररी १४ तारिखका दिन भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ । जसलाई नेपालीमा प्रणय दिवस पनि भन्ने गरिन्छ । यो दिन नजिकिदै गर्दा यसको चहल पहल पनि बढ्दै गइरहेको छ । यस दिनलाई यादगार र उपलब्धिमुलक बनाउन आवश्य योजना बनाई त्यसका लागि आवश्यक तयारी समेत सुरु भैसकेको छ । केही बर्ष अघिसम्म पश्चिमेली संस्कृति र चाडका रुपमा मात्र पहिचान बनाएको यो दिवस केही बर्ष यता विश्वब्यापीकरण हुन सफल भएको छ। यतिबेला यसको प्रभाव विश्वको जुनसुकै कुनामा धेर थोर परेको छ । यसबाट पुर्वेली समाजमा पनि अछुतो रहन सकेको छैन।
पछिल्ला बर्षहरुको अवस्था हेर्दा पूर्वेली समाजले पनि यो दिवसलाई पश्चिमेली समाजले झै निकै महत्व दिदै तामझाम र हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ । यो दिवसलाई अबिबाहितहरुले आफुलाई मन परेकालाई प्रेम प्रस्ताव गर्ने, प्रेम सम्बन्धमा परेकाहरुले एक आपसको प्रेम संबन्धलाई अझ कसिलो,विस्वस्नीय र परिपक्क बनाउने, प्रेम सम्बन्ध कसिलो भैसकेकाहरुले सम्बन्धलाई दामपत्य जीवनमा परिणत गर्ने, दामपत्य जीवन बिताई रहेकाले दामपत्य जीवनयात्रालाई अझ सुखमय,आनन्दमय र दिर्घायु बनाउने र विदुर विदुषीहरुले आफ्ना दिवंगत जीवनसाथीको संझना गर्दै मृत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्ने एक महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्ने गरेको देखिन्छ ।
प्रेम प्रस्ताव गर्न,प्रेम सम्बन्धलाई अझ कसिलो बनाउन र दामपत्य जीवनलाई सुखमय,आनन्दमय र दिर्घायु बनाउन प्रार्थना गरिएको र आफु प्रेममा समर्पित भएको प्रमाणका रुपमा मनोभावना ब्यक्त गर्नका लागि मुख्य गरी प्रेम पत्र,उपहार, कार्ड र गुलाफको फूलको सहायता लिने गर्ने गर्दछन् । हिलो आज यस्ता प्रेम रुपी मनोभावना ब्यक्त गर्न प्रभावकारी सञ्चार माध्यमका रुपमा फोन तथा सामाजिक सञ्जालहरुको पनि भरपुर उययोग गरिएको छ । हिजो आज यो दिवस सबै उमेर समुहले धेर थोर मनाउने गरेका भए पनि मुख्य गरी युवापुस्तामा यो दिवसले बढी प्रथामिकाता पाउदै गइरहेको छ । त्यसो त कोहीले यस दिवसको मर्मलाई बुझेर बनाउने गर्दछन् त कोहीले लही लहीमा । दिवसको मर्म विपरित रमाईलोका लागि मात्र मनाउनेको जमात पनि कम छैन । यसको समाजमा निकै नकारात्मक प्रभाव पार्दै गइरहको यर्थाथलाई भने नकार्न सकिदैन । यद्यपी, यो दिवसले दिन प्रतिदिन निकै चर्चा र महत्वका साथ अफ्नो क्षेत्र बिस्तार गर्दै गएको कुरा पनि सत्य नै हो ।
पश्चिमी समाजमा यस दिन प्रेमी–प्रेमिका एक–अर्कालाई भ्यालेन्टाइन कार्ड र रातो गुलाबको फूल दिएर आफ्नो माया अभिव्यक्त गर्छन्। मुटुरुपी चित्र, परेवा, हातमा धनुषबाण बोकेका पखेटासहितका क्युपिडलाई आधुनिक भ्यालेन्टाइन विम्बका रुपमा प्रयोग गरिन्छ । यति महत्व बढ्दै गइरहेको भ्यालेन्टाइन डे को इतिहास कतिलाई थाहा नहुन पनि सक्छ । त्यसैले यस अवसरमा यसका बारेमा विभिन्न स्रोतबाट संकलित केही तथ्यहरु यहाँहरु समक्ष पेश गर्ने जमर्को गरेको छु ।
भ्यालेन्टाइन डे सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो। १९ औं शताब्दीदेखि यस दिन विभिन्न सन्देशले भरिपूर्ण ग्रीटिङस कार्ड आदानप्रदान गरिूदै आएको छ। ग्रिंटिङस कार्डको अत्यधिक उत्पादन सुरु भएको पनि यही समय हो। त्यतिखेर बेलायतमा भ्यालेन्टाइन कार्ड पठाउने फेसनै चलेको थियो। सन् १८४७ मा इस्थर हाउल्यान्डले बेलायती मोडल प्रयोग गरी ग्रिटिङ्स कार्ड उत्पादन गर्ने सफल व्यापारीका रुपमा आफूलाई स्थापित गराएका थिए ।कार्ड अत्यधिक रुपमा बिक्री भएपछि अमेरिकामा यस दिन सार्वजनिक विदा दिन थालियो । अहिले थुप्रै पश्चिमी देशमा भ्यालेन्टाइन डेमा सार्वजनिक विदा हुन्छ। ग्रिटिङ्स कार्ड एसोसिएसनका अनुसार यस दिन विश्वभर एक अर्बभन्दा बढी ग्रिटिङ्स कार्ड आदान प्रदान गरिन्छ। ग्रिटिङस कार्ड बढी बिक्री हुने क्रिसमस पछि भ्यालेन्टाइन डे नै हो। बिक्री हुने कुल कार्डमध्ये ८५ प्रतिशत महिलाले पाउने एसोसिएसनको दाबी छ । सन्त भ्यालेन्टाइन बारे अझै विश्वमा एक धारणा बन्न सकेको छैन। कम्तीमा तीन भ्यालेन्टाइन थिए भन्ने किम्बदन्ती रहीआएको छ । तर यी सबै भ्यालेन्टाइनबीच एउटा समानता छ । उनीहरु तीनैले आफ्ना प्रेमिकाका लागि प्राण त्यागेका थिए । त्यो पनि एउटै दिनः फ्रेवअरी १४ ।
तीन भ्यालेन्टाइनमध्ये एक थिए, रोमका पुजारी । २६९ एडीमा आफ्नी प्रेमिकाका लागि शहीद भएका थिए । उनलाई भाय्लामेनियामा गाडिएको थियो । टर्नीका भ्यालेन्टाइन भने १९७ एडीमा टर्नीमै व्यापार गर्थे । उनलाई तत्कालीन बादशाह औरिलियनले मार्ने आदेश दिएका थिए । उनको लास पनि भाय्लामेनियामै गाडिएको थियो तर केही फरक ठाउँमा ।
क्याथोलिक इन्साइक्लोपेडियाले अर्को सन्तको नाम पनि भ्यालेन्टाइन रहेको उल्लेख गरेको छ, जो अमेरिकाका कम्पनीमा आबद्ध थिए। यी सन्तबारे योभन्दा बढी उल्लेख गरिएको पाइँदैन। केही स्रोतले भ्यालेन्टाइन डेको सम्बन्ध रोमका भ्यालेन्टाइनसँग रहेको बताउँछन् भने केहीले टर्नीका भ्यालेन्टाइनसँग । केही यस्ता श्रोत पनि छन् जो रोम र टर्नीका भ्यालेन्टाइन फरक नभई एउटै हुन् भन्ने तर्क गर्छन् ।प्रारम्भमा यी तीनै सन्तको नामपछाडि कुनै रोमान्टिक कथा जोडिएको थिएन । १४ औं शताब्दीमा आएर मात्र सन्त भ्यालेन्टाइन र रोमान्सबीच सम्बन्ध स्थापित गरियो । अनि रोम र टर्नीबीचको विभेद पनि एकाएक अन्त्य भयो । सन् १९६९ मा रोमन क्याथोलिक क्यालेन्डर संशोधन गरियो। संशोधनले भ्यालेन्टाइन डेलाई सामान्य क्यालेन्डरबाट हटाएर राष्ट्रिय क्यालेन्डरमा समावेश ग¥यो । यसलाई एउटा उत्सवको संज्ञा पनि दिइयो । राष्ट्रिय क्यालेन्डरमा उल्लेख गर्नुपछाडिको कारण यस्तो थियोः सन्त भ्यालेन्टाइनको सम्झना निकै पुरानो भइसकेको छ। अब क्यालेन्डरमा यसले स्थान पाउनुपर्छ ।
लिजेन्डा औरियामा बेदीले सन्त भ्यालेन्टाइनको उल्लेख गरेका छन्। यसअनुसार सन्त भ्यालेन्टाइनले क्रिश्चियन धर्म र रोमन बादशाह क्लाउडियस द्वितीयको अपहेलना गरेको आरोप छ । क्लाउडियसले सन्त भ्यालेन्टाइनलाई रोमन आस्थामा ढाल्ने प्रयत्न गरे। भ्यालेन्टाइनले उनको प्रयास निरर्थक बनाएर उल्टो क्लाउडियस लाई नै परिवर्तन गर्ने प्रयास गरे। यसैकारण सन्त भ्यालेन्टाइनलाई झुण्ड्याइयो ।
लिजेन्डा औरियामा योभन्दा बढी केही उल्लेख छैन। जुन प्रेमकथा अहिले हामी सुन्दै आएका छौं सन्त भ्यालेन्टाइनबारे, त्यो यस्तो छ ः भ्यालेन्टाइन एक सन्त थिए । उनले रोमन बादशाह क्लाउडियस द्वितीयले लागू गरेको अव्यावहारिक कानुन (युवाहरु एक्लै रहनुपर्छ भन्ने) पालन गर्न मानेनन्। क्लाउडियसले उक्त कानुन आफ्नो सैन्य क्षमता मजबुत पार्न लागू गरेका थिए। विवाहित पुरुष कुशल सैनिक बन्न सक्दैन भन्ने उनको विश्वास थियो। भ्यालेन्टाइनले युवा अवस्थामै लुकिछिपी प्रेम गरे। क्लाउडियसले यो सब थाहा पाएपछि भ्यालेन्टाइनलाई पक्राउ गरी जेल पठाए। उनलाई फाूसी दिने निर्णय गरियो। झुण्ड्याइनुअघि भ्यालेन्टाइनले एक युवतीलाई पत्र लेखे, जो उनकी प्रेमिका थिइन्। यही पत्रमा एउटा लाइन कोरिएको थियो– फ्रम योर भ्यालेन्टाइन।
चौसर लभ बर्ड
भ्यालेन्टाइन डे कहिलेदेखि मनाउन थालियो? यो प्रश्नको ठोस जवाफ अझै भेटिएको छैन। भ्यालेन्टाइन र डे फरक दुई शब्दलाई पहिलो पटक एकिकृत µपमा प्रस्तुत गर्ने व्यक्ति थिए १४ औं शताब्दीका महान् कवि जियरी चौसर। चौसरले सन् १३८२ मा लेखेको पालिर्मेन्ट अफ फाउल्स शीर्षक कवितामा भ्यालेन्टाइन डे समेटेका छन्। चौसरले लेखेका छन् ।
फर दिस वाज सेन्ट अन सेन्ट भ्यालेन्टाइन डे
ह्वेन एभ्री फउल कमेथ दियर टु चुज हिज मेट
यो कविता चौसरले इङल्यान्डका राजा रिचार्ड र एन्नीबीच सम्पन्न विवाहको पहिलो वार्षिकोत्सवका अवसरमा लेखेका थिए। १३८१ मे २ मा विवाह भएको थियो । यसको ८ महिनापछि राजारानी दुवै चौध बर्षमा प्रवेश गरेका थिए।
टुमरो इज सेन्ट भ्यालेन्टाइन डे,
अल इन द मनिर्ङ बिटाइम,
एन्ड आइ अ मेड एट योर विन्डो,
टु बी योर भ्यालेन्टाइन।
कहाँ र कसरी मनाइन्छ त यो दिवस ?
बेलायतमा भ्यालेन्टाइन डे एउटा परम्परागत दिन हो। बेलायतको नरफल्कका केही घरमा ज्याक नामधारी एक व्यक्ति ढोका ढक्ढकाउन पुग्छन्। अनि बालबालिकालाई मिठाई र केही उपहार ढोकाछेउ छोडी उनी टाप कस्छन्। बालबालिका भने यस्तो अदृश्य मानिसबारे कल्पेर तसिर्ने गर्छन्। स्पेनमा पनि बेलायतमै जसरी भ्यालेन्टाइन डे मनाउने गरिन्छ।
फ्रान्स परम्परागत क्याथोलिक देश हो। यहाँ भ्यालेन्टाइन डे अन्य पश्चिमी राष्ट्रमा झैँ मनाइन्छ। डेनमार्क र नर्वेमा भ्यालेन्टाइन डे भ्यालेन्टिन्सड्याग का नामले परिचित छ। यहाँका केहीले मात्र यो दिन मनाउँदै आएका छन्। डेनमार्क र नर्वेमा सामूहिक रोमान्टिक डिनर आयोजना गरी मनाइन्छ। जहाू प्रेमीहरु एकअर्कालाई कार्ड तथा रातो गुलाब दिने गर्छन् ।
स्वीडेनमा यो दिनलाई अल हट्स डे भन्ने गरिन्छ। सन् १९६० देखि स्विडेनमा यो दिन उत्सवका रुपमा मनाइँदै आएको छ। फूल व्यापारीले आथिर्क मुनाफाका दृष्टिले स्विडेनमा यस दिनलाई युवा वर्गमाझ परिचित गराएका थिए।
फिनल्यान्डमा यो फ्रेन्ड्स डे का नामले चिनिन्छ। यस दिन फिनिसहरु आफ्ना सबै साथी सम्झने गर्छन्, न कि आफ्ना प्रेमीप्रेमिकालाई मात्र। इस्टोनियामा पनि यो दिन फिनल्यान्डमा झै मनाइन्छ ।
स्लोभेनियामा यस दिनबाट बोटबिरुवा तथा फूलहरु बढ्न थाल्ने जनविश्वास रहिआएको छ । कुनै पनि काम यही दिनबाट प्रारम्भ गर्दा शुभ हुने उनीहरुको मान्यता छ। स्लोभानियालीहरु यस दिन चराहरुले एकअर्कालाई प्रस्ताव गर्ने र विवाह बन्धनमा बाँधने विश्वास गर्छन् ।
ग्वाटेमालामा भ्यालेन्टाइन डे प्रेम तथा मित्रता दिवसका रुपमा मनाइन्छ। अमेरिकी शैलीबाट ग्वाटेमाला धेरै प्रभावित छ। यस दिन यहाँ आफ्ना साथीहरुको खुलेर प्रशंसा गरिन्छ ।
एसियाली देशमा भ्यालेन्टाइन डे बढी मनाउने राष्ट्रमा पर्छन् सिङगापुर, चीन, दक्षिण कोरिया, जापान । पछिल्ला दिनहरुमा नेपाल, भारत, पाकिस्तान,श्रीलंका लगायत देशहरुमा पनि यसको प्रभाव निकै बढ्दै गइरहेको छ ।
भ्यालेन्टाइन डेमा जापानमा महिला कामदार आफ्ना पुरुष सहकर्मीलाई चक्लेट दिने गर्छन्। मार्च १४ मा भने चक्लेट दिने महिलालाई पुरुषले चक्लेट दिने चलन छ ।दक्षिण कोरियामा पनि यस्तै छ। भ्यालेन्टाइन डेमा महिलाहरु पुरुषलाई चक्लेट दिन्छन्, अनि पुरुषहरु महिलालाई । जसले केही पाउँदैनन् तिनीहरु चाइनिज रेस्टुराँमा गएर ब्ल्याक नुडल्स खान्छन्। चीनमा पनि सामान्य रुपमा पुरुषले आफ्ना प्रेमिकालाई चक्लेट र फूल दिई भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
हेटाैँडा मकवानपुर, हाल : बाेस्टर्न अमेरिका