दलालमार्फत् खोजेकी यौनकर्मी महिला आफ्नै श्रीमती परेपछि …
कहिलेकाहीँ श्रीमान् श्रीमतीको भेट यस्तो अवस्थामा हुन्छ कि त्यसभन्दा अगाडि अब के गर्ने भनेर कुनै बाटो रहँदैन। यस्तै एउटा घटना भारतको उत्तराखण्डस्थित काशीपुरमा भएको छ।
भारतीय समाचार अनलाइन आज तकका अनुसार त्यहाँ एक व्यक्तिले आफ्नो यौनेच्छा पूरा गर्न कलगर्ल (यौनकर्मी)बोलाएका थिए। जब उनले बोलाएकी कलगर्ल उनको अगाडि पुगिन्, तब दुवैजनाको होसहवास उड्यो। उनीहरु श्रीमान्श्री-मती थिए।
खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत् एक दलालसँग सम्पर्क गरेर कलगर्ल पठाउन भनेका थिए। दलालले पठाएकी कलगर्ल आफ्नै श्रीमती परेपछि श्रीमान् श्रीमतीबीच ठूलै विवाद र हातपातसमेत भयो। दुवैले एकअर्काविरूद्ध प्रहरीमा उजुरी गरेका छन्।
केही वर्षपहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटीआई क्षेत्रमा बस्ने युवतीसँग भएको थियो। तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन्।
उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा थोरै समयमात्र बस्थिन्। एक दिन ती युवतीकी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कलगर्लको काम गर्ने गरेको बताइदिइन्। आफूहरुबीच झगडा परेको रिसमा उनले साथीका श्रीमानका अगाडि श्रीमतीको पोल खोलिदिएकी थिइन्।
त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलगर्ल पठाउन भने। दलालले केही फोटो पठाएर युवती रोज्न भनिन्। युवकले आफ्नी श्रीमतीको फोटो रोजे।
महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन्। त्यसपछि जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो लडाइँ भयो।
अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको आरोप लगाउँदै उजुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौनधन्दाको विषयलाई लिएर उजुरी गरेका छन्।श्रोत नेपाल समय