दुई पत्नीले बाँडे पतिलाई ३-३ दिन, एक दिन एक्लै

निरन्तर न्यूज
७ माघ २०७६, मंगलवार १३:१४

एजेन्सी । भारतमा दुईवटी पत्नी भित्र्याएका एक व्यक्तिको समय श्रीमतीले बराबर बाँडेका छन्। बराबरी हुन नसक्ने एक दिन भने श्रीमान् एक्लै बस्नुपर्ने भएको छ।

राँचीस्थित सदर थानामा दुईवटी पत्निले पतिसँग यस्तो सहमति गरेका हुन्।

घरमा बेमेल भएपछि प्रहरीमा पुगेको मुद्दालाई प्रहरीले हप्तामा ३ दिन जेठी र तीन दिन कान्छीकोमा जाने र एक दिन एक्लै बस्ने प्रस्तावमा दुई पत्नीका पतिलाई सहमत गराएको छ।

शनिबार ती व्यक्तिकी कान्छी पत्नी प्रहरीमा गएर आफ्ना पति पाँच दिनदेखि घरमा नआएको उजुरी गरेकी थिइन्। राजेश कुमार नाम गरेका ती पति त्यो समयमा जेठी पत्नीसँग थिए।

प्रहरीले राजेशलाई बोलाएर कान्छीसँग पठाइदियो। त्यसपछि जेठीसँग गए कान्छीले उजुरी गर्ने र कान्छीसँग गए जेठीले उजुरी गर्ने वातावरण उत्पन्न भएपछि प्रहरीले दुवै श्रीमतीको सहमतिमा यस्तो सम्झौता गराइदियो। श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*